असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

नेपाल एयरलाइन्सले फेरी दुबईमा उडान संचालन गर्ने

काठमाडौं, २० साउन ।

नेपाल एयरलायन्सले पुनःउडान सञ्चालन गर्ने भएको छ । दुबाईमा करिब ४ वर्षसम्म एयरलाइन्सले उडान संचालन गरिरहेको थियो । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको राजधानीमा आयोजित कार्यक्रममा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सो कुरा बताउनुभयो ।

काठमाडौँ–दुबई उडानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक कंशाकारले सम्भावना बोकेको दुबई गन्तव्यको नियमित उडानका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

निगमले दुबई उडानको एकतर्फी भाडा १६ हजार तोकिएको छ । भने विमान काठमाडौँबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

विसं २०४१ माघदेखि काठमाडौँ–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो ।

काठमाडौँबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौँ चार घन्टा १५ मिनेटको हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुबई उडान प्रारम्भ भएपछि एयरलान्सको अन्तर्रा्ष्ट्रिय गन्तव्य आठ पुग्नेछन् ।

Comments

comments

<-- Google Analytics -->