असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

जनता आफै जुटे निरन्तर विकासमा

– के.एस.बोहरा
काठमाडौं, २५ कातिक । नेपाल सरकारको लोडसेडिङमुक्त राजधानी बनाउने अभियानसँगै सुदूरपश्चिमका जनताले आफ्नो गाउँको विकास आफैबाट सम्भव हुन्छ भन्ने कुरा प्रमाणित गरेर देखाएका छन् ।

वि.सं. २०५८ सालमै राष्ट्रिय थ्रीफेज विद्युत प्रसारण लाइन विस्तारको अनुमति पाएको कैलपाल गाविस बल्ल (कात्तिक १३) वडा नं. ९ को लागि विस्तारको काम अन्तिम चरणमा पु¥याउन सफल भएको छ ।

केही स्थानीय जनताको विरोध, स्थानीय राजनीतिक खिचातानी र सरकारी बेवास्ताका कारण ढिलाइ भएको थ्रीफेज प्रसारण लाइन विछ्याउने कार्य सकिएलगत्तै थप कार्य दु्रतगतिमा अगाडि बढेको छ ।

विद्युत प्राधिकरणबाट उपलब्ध २५ केभीएको ट्रान्सफर्मर कैलपाल ८, ९ र सरकार १ वडाका स्थानीय जनताको सक्रियतामा वडा नं. ९ डंसिलीमा कात्तिक १३ गते पु¥याउने काम सम्पन्न भएको छ । कैलपाल–९ डंसिलीका स्थानीय कपिल ऐरका अनुसार ट्रान्सफर्मर माउण्ट गर्न इन्जिनियर, शाखा लाईन विस्तारको लागि नपुन सामग्रीको लागि विद्युत प्राधिकरण बैतडी पाटनलाई पत्राचार गरिसकिएको र केही दिन भित्रै माग अनुसारको सामान उपलब्ध हुनेछ ।’

प्राविधिक हिसाबले यो कार्य आफैमा जटिल त छ नै यातायात सुविधा नभएको ठाउँमा स्थानीय जनताले ३१० केजीको ट्रान्सफर्मर आफ्नै काँधको छाला गुमाउन बेर गरेनन् बोकेरै गाउँमा पु¥याएका छन् ।

कैलाश नि.मा.वि.का स्थानीय शिक्षक गगन सिंह बोहराका अनुसार ‘सो लाइन विस्तरका लागि विगत केही वर्ष यता ५ जना ठेकेदारले ठेक्का लिए पनि प्रगति नभएको यस समयमा स्थानीय आफैले जिम्मा लिएपछि सार्वजनिक स्थल विद्यालय र सांस्कृतिक स्थल गौराघरसम्म शाखा लाईन समेत विस्तर भइसकेको छ ।

शाखा लाईन विस्तारको कार्यपछि मात्र मेन प्रसारण लाईनको कार्य गर्नुपर्छ अन्यथा यो कार्य नै गर्न दिदैनौ भन्नेहरुलाई यथार्थ के हो भन्ने कुरा प्रमाण्ति गर्न जुटेका स्थानीय शिक्षक गगन सिंह बोहरा, भेटनरी जेटीए गोपाल सिंह बोहरा, युवा कपिल ऐर, तर्क सिंह ठगुन्ना, शिक्षक गगन भण्डारी, उद्धव भट्टराई, भीम बोहरा, दान सिंह बोहरा, प्रेम सिंह भण्डारी भूतपूर्व प्रहरी शवल्दार शेरसिंह बोहरालगायतको टीम यो कार्य पुरा गरेरै छाड्ने छन् र विकासमा चासो नराख्ने व्यक्ति समेत अहिले बुझ्न थालेका छन् र विकासको मूल धारमा आफै सम्मिलित हुनेमा विश्वस्त छन् समाजसेवी कीर्तसिंह बोहरा ।

Comments

comments

<-- Google Analytics -->