असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

पताञ्जलीले नेपालमा डेढ अर्ब लगानी गर्ने

काठमाडौं, ७ मंसिर ।
योगगुरु रामदेवले नेपालमा विस्तार हुन थालेको पतन्जली आयुर्वेदिक उद्योगमा १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने बताएका छन्। पतन्जली आयुर्वेद नेपालको उद्‍घाटन गर्न आएका रामदेवले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा आफ्नो उद्योगमा १ अर्ब ६० करोड लगानी गर्ने योजना रहेको बताएका हुन्।

उनले पतन्जलीका विभिन्न वस्तु उत्पादन गर्नको लागि नेपालको बारा जिल्लामा पतन्जली आयुर्वेदिक उद्योग बिस्तार गर्न थालेका छन्। भारतमा पतन्जली उद्योगबाट सफल भएका रामदेवले आफ्नो उद्योग बिस्तारले नेपालमा जंगल जमिन र जडिबुटी उपयोगमा सहयोग पुग्ने बताए।

उनले आफ्नो उत्पादन सुरु गर्दा १ लाख जनालाई रोजगारीको अवसर मिल्ने बताए। उनले नेपालकै जडीबुटीबाट पतन्जलीका धेरै वस्तु उत्पादन हुने बताए। नेपालमा व्यवसाय बिस्तार गर्नुको रहस्य खोल्दै उनले भने,’नागरिकतामा त म भारतीय हूँ तर मलाई लाग्छ म भारतीय र नेपाली बराबर जस्तो हुँ। त्यसैले नेपालमा मेरा ब्राण्ड बिस्तार गर्न थालेको हुँ।’

Comments

comments

<-- Google Analytics -->