असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

काठमाडौं उपत्यकामा भूकम्प प्रभावितलाई अनुदान दिने बैंकको टुंगो लाग्यो

काठमाडौं, ९ मंसिर ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका तीनवटा जिल्लामा अनुदान वितरण गर्ने बैंकहरु टुंगो लगाएको छ । जिल्ला विकास समितिबाट आएको सिफारिसको आधारमा प्राधिकरणले अनुदान वितरण गर्ने बैंकको टुंगो लगाएको हो ।

थप परामर्श गरेपछि काठमाडौं महानगरपालिकामा अनुदान वितरण गर्ने बैंकहरुको पनि टुंगो लगाइनेछ । उपत्यकामा अनुदान वितरणका लागि प्राधिकरणले केही दिनअघि नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनसँग छलफल गरेको थियो ।

यसअघि उपत्यका बाहिरका ११ जिल्लामा अनुदान वितरणका लागि प्राधिकरण र तीनवटा बैंकर्स एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले सोही अनुसार अघि बढ्न बैंकर्स एशोसियसनलाई आग्रह गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

Comments

comments

<-- Google Analytics -->