असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

​हस्तकला मेला सकियोः ५ दिनमा १५ करोडको व्यापार

काठमाडौं, १४ मंसिर ।
काठमाडौंको भृकुटीमण्डपमा १४ औँ हस्तकला व्यापार मेला तथा १२ औँ कला प्रदर्शनीमा झण्डै पन्ध्र करोडको व्यापार भएको छ । गएको शनिबारदेखि सुरु भएको मेला मंगलबार सकिएको हो ।

मेलाको अवलोकन दुई लाखभन्दा बढीले गरेको हस्तकला व्यापार मेलाका अध्यक्ष धर्मराज शाक्यले बताउनुभयो । मेलामा १ सय ७६ वटा स्वदेशी र २० वटा विदेशी स्टल राखिएका थिए ।

यस्तै, मेलामा पस्मिना, ऊनी, फेल्ट धातु, चाँदी, काठ, ढुङ्गा, माटो, छाला, नेपाली कागज, हाड, ढाका कपडा, बाँस, बेत, निगालो, खोस्टा, पराललगायत वस्तुबाट तयार गरिएका विभिन्न सामग्री बिक्रीका लागि प्रदर्शनीमा राखिएको थियो ।

Comments

comments

<-- Google Analytics -->