असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

नेपाल–बङ्गलादेशबीच व्यापार अभिवृद्धिको पहल

काठमाडौँ, ३० जेठ ।

नेपाल–बङ्गलादेश युवा सम्मेलनले दुई मुलुकबीच व्यापार अभिवृद्धि, युवा सशक्तिकारण तथा सांस्कृतिक आदान प्रदान गर्ने घोषणा गरेको छ ।

सम्मेलनले दुई देशबीच व्यापारिक कारोबार बढाउने तथा द्धिपक्षिय हितमा सहकार्य तथा साझेदारीका परियोजना सञ्चालन गर्ने विषय पारित गरेको छ ।
सम्मेलनमा नेपालका ६० प्रतिनिधि, बङ्गलादेशका ४५ सो सम्मेलनमा भाग लिएका थिए । सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । बङ्गलादेशबाट वार्षिक २० हजार पर्यटक नेपालको भ्रमणमा आउने गरेका छन् । नेपालको बङ्गलादेशसँग व्यापार नाफामा छ ।

आयोजक समितिका संयोजक अभिनव चौधरीले दुई मुलुकबीचको सम्बन्ध भौगोलिक तथा अन्य दृष्टिबाट नजिकको भएकाले व्यापारिक साझेदारीको सम्भाव्यतामा अध्ययनका लागि सम्मेलन उपयोगी भएको बताउनुभयो ।

Comments

comments

<-- Google Analytics -->