असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

लहानमा बम विष्फोटः जिम्मा लियो गोइतले

लहान, २९ बैशाख ।
सिरहाको लहानमा रहेको सगरमाथा अञ्चल यातायात कार्यालयमा बिहीबार अपरान्ह भएको कुकर बम विष्फोटको जिम्मा तराईमा भूमिगत सशस्त्र समूह अखिल तराई मुक्ति मोर्चाले लिएको छ ।

बम विष्फोटले कार्यालय भवनभित्र रहेका विभिन्न फाटका पर्खालमा चिरा पर्नुका साथै झ्यालका शिशाहरु फुटेका छन् । कार्यालयको दोस्रो तल्लामा रहेको कार्यालय प्रमुखको कक्ष नजिक रहेको शौचालायमा सो बम विष्फोट भएको थियो ।

विष्फोटका कारण स्थानीयवासीहरु त्रसित भएका छन् ।

ईलाका प्रहरी कार्यलय लहानका डिएसपी हीराबहादुर पाण्डेका अनुसार स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा निर्वाचन बिथोल्ने धम्की स्वरुप तराईमा सशस्त्र गतिविधि गरिरहेका जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले बम विष्फोटन गराएको जिम्मा लिएको बताउनु भयो ।

Comments

comments

<-- Google Analytics -->