असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

राजधानीप्रति निराश मोफसवासी

(कृष्ण बोहरा)
काठमाडौं, २२ माघ । राजधानीमा पहिलो पटक आउने जिल्लावासी नेपाली यहाँको अस्तव्यस्त देखेर छक्कपर्ने गरेका छन् । सडककिनारका असरेल्ल फोनका तार, पानी, ग्यास र बिजुलीको अभावले असाधारण बनेको जीवनशैली उनीहरुलाई अपाच्य बनेको छ ।

महाकाली, बैतडी कैलपाल निवासी जेबी भन्छन्, ‘यस्तो पनि राजधानी हुन्छ र ।’

विद्युत लाईनसँग अल्पपरिचित जेबीलाई टेलिफोनको अव्यवस्थित प्रसारण लाईन टुक्रा–टुक्रा पारी सडक तथा चोक गल्लीहरुमा छरपस्ट पारेको देख्दा करेन्ट लाग्ने अनि अल्झेर लड्ने हो कि भन्ने कुराले झस्काउँछ ।

उज्यालो मुनिको अन्धकारमा जीवन गुजारी रहेका जे।बी।लाई पन्ध्र सोह्र सय मीटरको दुरीसम्म पुगेको विद्युत प्रसारण लाईन ल्याउन सरकारले थोरै भौतिक तथा प्राविधिक सहयोग दिए आफ्नो घरआँगन उज्यालो हुने आशा राख्छन् ।

सातआठ वर्षअघि विद्युत प्रसारण लाईनको लागि अपर्याप्त पोल मात्र दिएको सरकारबाट नयाँ साधन पाउने झिनो आशा बोकेका उहाँ राजधानीका शाहरबाट हटाइँदै गरेको पुरानो साधनलाई सदुपयोग गरेर भएपनि छिमेकीको घरसम्म पुगेको बिजुली आफ्नो घरआँगनसम्म ल्याउने आशा राख्छन् ।

प्राविधिक हिसाबले त्यो केबल पुन प्रयोग नहुनसक्छ, तथापि आफ्नो घरआँगनबाट नजिकै पुगेको विद्युत लाईनलाई कसरी र के गरेर आपूर्ति गर्न सकिन्छ भन्ने चिन्ताले भने पिरोली रहेको जेबी बताउँछन् ।

Comments

comments

<-- Google Analytics -->