असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

गैससविरुद्ध विप्लव माओवादीको दादागिरी

(दीपेन्द्र शर्मा)
जाजरकोट, १६ वैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी जाजरकोटले जाजरकोटमा कार्यरत रहेका गैरसरकारी संस्थाहरुलाई गाउँ जान रोक लगाएको छ ।

‘भ्रष्टाचार गरेको रकम’ फिर्ता भएपछि मात्र गाउँ पस्ने अनुमति दिने विप्लब माओवादी जाजरकोटले जनाएको छ । “एकीकृत क्रान्तिको हाम्रो अभिभारा, निसाना हाम्रो राष्ट्रघाती , भ्रष्टाचारी र दलाल सारा विषयक सदरमुकाम खंलगामा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो ।

‘गैरसरकारी सस्थाहरुले आमुख पार्टीका कार्यकर्ता तथा आफु निकटकालाई भर्ती केन्द्र बनाउने र जनतामा जाने बजेटलाई बीचैमा सिध्याउने काम गरी भ्रष्टाचार गरेकोले’ गाउँ जान रोक लगाइएको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इन्चार्ज गगन बहादुर खड्का जीवनले बताए । राष्ट्रिय तथा अन्तर राष्ट्रिय गैरसरकारी सस्थाहरुले ८० प्रतिशत वजेट आफुले खाएर जनतामा २० प्रतिशत मात्र वजेट पुरयाउने गरेकोले गैर सरकारी संघ संस्थाहरु लाई गाउ पस्न नदिइने गरि अनिश्चित कालीन रुपमा गाउ पस्न नदिने नियर्ण गरिएको भेरी ब्यरो इन्र्चाज खडकाले वताए । जनतामा जाने वजेट लाई कटौती गरि तालीम ,गोष्ठी, वैठक गरि पहुचमा वजेट सिमीत गरेको उनको आरोप छ । जिल्लामा हुने यस्ता कार्यक्रमको खर्चमा कटौती गरि जनतामा जाने वजेटको वृद्धी गरिनु पर्नेमा उनको जोड थियो ।

जनताको पक्षमा जानु पर्ने वजेट लाई विचैमा गैर सरकारी संघ संस्थाहरुले घोटाला गरेकाले आफुहरुले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य उदय वहादुर चलाउने दिपकले जानकारी दिए । उहाँ हरुलाई आज यसै कार्यक्रममा वोलाईएको थियो । हामीले गाउ जान रोक लगाईको कुराको वारेमा वताउने पहिला जानकारी दिने, गरेको कमी कमजोरीको समिक्षा गर्ने सुधार वाटो देखाउने तथा जुन ठाउमा भष्ट्रचार भएको छ तुरुन्त असुल उपरको काम गर्न लगाएतका कुराको जानकारी गराउने कार्यक्रम रहेकोले जानकारी गराइएको चलाउनेले वताए । जवसम्म संघ संस्थाहरु पारदर्शिता वन्दैनन र जनतामा कार्यक्रमको पुरा भाग पुग्दैन तव सम्म उनिहरु लाइ लगाएको प्रतिवन्द्ध रहि रहने उनको भनाई छ । धेरै जसो संस्थाहरुको काम पारदर्शी नभएको, कर्मचारी आफैले चलाएको । तल थोरै माथी धेरै रकमको प्रयोग गरेको, कतिपय संस्थाहरुकोे त कार्यक्रमको कुल वजेट कर्मचारीको तलभ वढी देखिन्छ । त्यसैले जनता लाई राहत नभई कार्यकर्ता मोटयाउने खेल भएकोले जाजरकोटमा सवै गैर सरकारी संघ संस्थाहरु लाई गाउ जान प्रतिवन्द्ध लगाइएको चलाउने ले वताए ।

पार्टीको निर्णय विरुद्ध गएर जुन संस्थाले गाउमा कार्यक्रम संचालन गर्छ त्यस्तो भ्रष्टचारीहरु लाई नछाडिने नेकपा माओवादी जाजरकोले चेतावनी दिएको छ । यदी गाउ गएर कार्यक्रम संचालन गर्ने भए पहिला आफुले गरेका सवै गतिविधीको पारदर्शिता देखाएर दुरुपयोग भएको रकम आफनो पार्टीको रोहवरमा जनतालाई फिर्ता गरेर मात्र गाँउ जान दिने विप्लब माओवादी जाजरकोटका सचिव प्रेम वहादुर चलाउने वताए ।

विभिन्न वाहानामा वनाइने जिल्ला मुखी खर्च भन्दा पनि गाँउमा जाने वजेटमा वृद्धी गर्ने तथा जनताको जिवन स्तर परिवर्तन मा लाग्न गैर सरकारी संस्थाहरु लाई आग्रह गरेका छन । जिविसको सभाहलमा आयोजीत अन्तरक्रियामा जिल्ला स्थित राजनैतिक दल सरकारी कर्मचारी, पत्रकार, नागरिक समाजका प्रतिनिधी, लगाएतको सहभागीता रहेको थियो ।

Comments

comments

<-- Google Analytics -->