असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

प्रधानसेनापति क्षत्री अमेरिकामा सम्मानित

काठमाडौं, १७ वैशाख । संयुक्त राज्य अमेरिकाकोे औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई बिहीबार हल अफ फेममा एक कार्यक्रमको आयोजना गरी सम्मानित गरिएको छ ।

युएस आर्मी वार कलेज, कार्लिजल बाराक, पेन्सिलभानियामा तालिम लिएका प्रधान सेनापति क्षत्रीको सम्मानमा आयोजित कार्यक्रममा ७३ राष्ट्रका करिब ४०० वरिष्ठ सैनिक अधिकृतहरु, कूटनीतिज्ञ तथा वरिष्ठ गैरसैनिक कर्मचारीहरुको उपस्थिति रहेको जंगीअड्डाले जनाएको छ ।

अमेरिकी सेनाको उक्त शिक्षण संस्थाले त्यहांँबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल भएका शिक्षार्थीलाई यस्तो सम्मान दिने प्रावधान अनुरुप प्रधान सेनापति महारथी क्षत्रीलाई सो सम्मान दिईएको हो । प्रधान सेनापति क्षत्री उक्त हलमा समानित हुने ६१ औं सदस्य हुनुहुन्छ ।

यसअघि, प्रधान सेनापति क्षत्री युएस आर्मी कमाण्ड तथा जेनेरला स्टाफ कलेज, फोर्ट लिभेनवर्थ, कानसासमा समेत सम्मानित हुनुभएको थियो । यि दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेसनल हल अफ फेममा सम्मानित हुने उहा नेपाली सेनाको पहिलो प्रधान सेनापतिसमेत हुनुहुन्छ ।

Comments

comments

<-- Google Analytics -->