असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

नर्सरीवाट मनग्य आम्दानी

विमला शर्मा
जाजरकोट १८ जेठ
जाजरकोट कार्कीगाउका मान वहादुर खत्रीलाई दिन भर आफनो वारीको नर्सरीलाई हेरचाहमा भ्याइ नभ्याइ हुन्छ । वारीमा विभिन्न विरुवाहरुको नर्सरी वनाएर मनग्य आम्दानी गरिरहेका छन मान वहादुर खत्रिले । नर्सरी ब्यवसाय वाट मात्र मान वहादुरले सिजनको ७ लाख आम्दानी गर्ने गरेका छन ।
कार्कीगाउ ३ सिरुगारका खत्रीले आफनो ८ रोपनी जग्गामा विभिन्न जातका विरुवा तथा तरकारी खेती गरेर गाँउकै नमुना कृषक वनेका छन । वारीमा सुन्तला, कागती, जुनार, ओखर, टिमुर, रिठा, सल्ली, तज, सिसौ, आप, वकाइनो, टाकी, इपिल इपिल, मसला, लिप्टीस, काउलो, स्याउ, अलैची, लगाएतका विरुवाहरुको नर्सरी गरेका खत्रीले आफनो वारीमा उत्पादन गरेका विरुवा हरु विभिन्न सरकारी तथा गकारी कार्यालय लाई वेच्ने गरेका छन ।
खत्रिको नर्सरीमा उत्पादन भएका विरुवाहरु जिल्ला वन कार्यालय जाजरकोटले १ लाख , जिल्ला कृषी विकास कार्यालय जाजरकोटले १ लाख , जिल्ला पशु सेवा कार्यालय जाजरकोटले २ लाख, कृषी वन वातावरण समिति कार्कीगाँउ जाजरकोले ५० हजार, ग्रामीण समाज नेपाल जाजरकोटले १ लाख, तथा विभन्न संघ संस्था, ब्यक्ति, समुहले १ लाख ५० हजार, रकम वरावरको विरुवाहरु किनेर लिने गरेको मान वहादुर खत्रिले वताए । नर्सरी वाहेकको जमिनमा आलु, धनिया, लसुन, काउली, टमाटर, प्याज, फर्सी, काक्रा लगाएतका विभिन्न तरकारी खेति गरेर १ लाख वरावरको तरकारीहरु विक्रि वितरण गरिरहेको खत्रिले वताए । नर्सरी तथा तरकारी खेतीले आफनो परिवार पाल्न र छोरा छोरी लाई पढाउन सजिलो भएको उनको भनाई छ । घरको सवै खर्च कटाएर वार्षीक रुपमा ४÷५ लाख रकम वचत गर्ने गरेको खत्रीले वताए ।
नर्सरी ब्यवसाय वाट भएको आम्दानी वाटै पढेर जेठा छोरा गाँउमै शिक्षक भएका छन भने माइला छोरा लोक सेवामानाम निकालेर स्वास्थ्य कमी भएर जिल्ला वाहीर जागीरमा छन । अरु छोरा वुवारी हरु सवै विएडमा पढिरहेका छन । खत्रिले आफु मात्र नभई जागीरमा नभएका छोराहरु लाई पढाइको अलवा विभिन्न सिपहरु सिकाएर गाँउमा काम गरि रहेका छन । खत्रि भन्छन कुनै दिन राम्रो सग खाना लाउन नपाउने र अरु वाट रिन सापट गरि परिवार पाल्ने अहिले अरु लाइ सापट तथा रिन दिन्छु केहि रकम वैंकमा जम्मा गर्ने गरेको छु । नर्सरी वाट ७ लाख आम्दानी हुन्छ नर्सरी संचालन गर्दा विभिन्न सामाग्री किन्ने तथा त्यसमा लाग्ने श्रमको सवै खर्च ४ लाख हुन्छ ,नर्सरी वाट ३ लाख तथा तरकारी वाट १ लाख वचाउछु । अरु घर खर्च चलाउन घरमा २ वटा दुहुना भैसी पनि छन तिनको दहि ,दुध र घिउ वेच्ने तथा अनि छोराले गाँउमा गएर सुधारिएको चुलो वनाउने लगाएतका काम गर्छन त्यस वाट आउने रकमले घरको सवै खर्च चल्छ उनले भने । नर्सरीमा उत्पादन गरेका विरुवा हरु लाई ढुवानी गर्न समस्या भएको उनको भनाई छ ।
नर्सरीमा उत्पादन भएका विरुवा तथा वारीमा फलेको तरकारी ढुवानीको समस्याले भनेको ठाँउमा पुरयाउन नसेको खत्रिले वताए । धेरै ठाउवाट विरवाको अडर आउछ ढुवानीको समस्याले पुरयाउन सकिदैन गाँउमा मोटर वाटो पुगेको भए धेरै सजिलो हुने भन्दै सरकार संग वाटो वनाई दिन आग्रह गरेका छन । आफैले १ लाख खर्च गरेर २ किलो मिटर वाटो पनि वनाए तर स्तर वृद्धी नहुदा वोकेरै विरुवाहरु भनेका केही ठाँउमा पुरयाउने गरेको खत्रि वताउछन । तरकारी खेति तथा नर्सरी सिचाईको लागी पानी समस्या रहेको उनी वताउछन । खत्रीका सवै परिवार दिन रात नभनी तरकारी खेति तथा नर्सरीको काम गरिरहेका छन ।
फोटो क्याप्सन ः जाजरकोटको कार्कीगाउ ३ सिरुगारमा रहेको आफनो नर्सरीमा मान वहादुर खत्रि र उनका छोरा ।

Comments

comments

<-- Google Analytics -->