असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव

सनफ्रानसिस्को, १५ साउन । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् ।

सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत अनिल पाण्डेले हमालको सम्मानमा आयोजना गर्नुभएको रात्रीभोजमा शुक्रबार सम्पन्न डीसी नेपाल डट कमद्वारा आयोजित लाइभ प्रश्नोत्तर कार्यक्रममा विश्वका विभिन्न क्षेत्रबाट सहभागी बनेका नेपालीले यस प्रकारको प्रस्ताव राखेका हुन् ।
Rajesh hamal

‘राजनीतिक दलका नेता र प्रशासकहरुको काम हेरियो, उनीहरुले मुलुकलाई अघिबढाउन सकेनन्, अब हामीलाई तपाईंजस्ता कलाकार चाहिएको छ, नागरिक समाजले देश चलाउनुप¥यो’ डीसी नेपालको लाइभ अनलाइनमा सहभागी सयौं नेपालीमध्ये अधिकांशको यही प्रश्न थियो । तर हमालले यस प्रश्नको कूटनीतिक जबाफ दिएका थिए, ‘सदाशयताका लागि धन्यवाद, हेरौं भविष्य के हुन्छ !’

स्मरण रहोस्, राजेशका पिता चूडाबहादुर हमाल पनि राजदूत थिए । उनको असामयिक निधन पाकिस्तानका लागि राजदूत नियुक्त भएपछि भएको थियो ।

राजेशलाई अमेरिका ल्याउन यस पटक स्थानीय युवाहरु प्रकाश थापा, प्रिन्स युवराज कार्की, द ह्वाइट जोनका महासचिव राजेन्द्रबाबु जोशीको योगदान रहेको पाण्डेले जानकारी गराउनुभएको छ ।

राजेशले २३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

पाण्डेको निवासमा सम्पन्न रात्रीभोजमा बे–एरिया क्षेत्रमा रहेका विशिष्ट व्यक्ति, व्यापारी र उद्यमीहरु गरी करिब ४० सहभागीको उपस्थिति थियो ।

Comments

comments

<-- Google Analytics -->