असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

महिला अधिकारकर्मीहरुको मागः नयाँ बन्ने मन्त्रीपरिषदमा कम्तिमा ३३ प्रतिशत महिला हुनुपर्ने

काठमाडौं, १९ साउन ।
बहुमतीय व्यवस्थाबाट बन्न लागेको मन्त्रीपरिषदमा कम्तिमा ३३ प्रतिशत महिलाहरुको सहभागिता हुनुपर्ने माग महिला अधिकारकर्मीहरुले राखेका छन् ।

माग राख्नेहरुमा महिला अधिकारमा कार्यरत संघ संस्था तथा संजाल र राजनीतिक पार्टीका भगिनी संगठनहरुका महिला अधिकारकर्मीहरु हुन् ।

महिलाको सहभागिता ३३ प्रतिशतले संबैधानिक व्यवस्था गरेको भन्दै उनीहरुले नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र लगायत पार्टीसँग माग राखेका बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।

विगतका मन्त्रीमण्डलमा पनि महिला सहभागिता अत्यन्त न्यून रहेको अधिकारकर्मीहरुको ठहर छ । नीति निर्माणको तहमै महिलाको सहभागिता नभएसम्म महिलामैत्री कानून नबन्ने र यसले मुलुकको विकासमा समेत गम्भिर असर पार्ने उनीहरुको दाबी छ ।

उनीहरुले मन्त्रीपरिषद्ले नियुक्त गर्ने सबै निकाय र संबैधानिक अंगहरुमा समेत कम्तिमा ३३ प्रतिशत महिला सहभागिता गराउन आग्रह गरेको कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा संचारिका समूहकी अध्यक्ष निर्मला शर्माले महिलाहरुको सहभागिता सम्बन्धी संबैधानिक व्यवस्था गरेकोले यस पल्टको मन्त्रीपरिषद्मा महिलाको सहभागिता नभए संबैधानिक अधिकारको उलंगन नहोस् भन्दै सचेत गराउनुभयो ।
कार्यकममा महिला अधिकारकर्मी शर्मिला कार्की लगायतले बोल्नुभएको थियो ।

Comments

comments

<-- Google Analytics -->