असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

फिस्टेलको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

नुवाकोट, २४ साउन ।
केही समय अगाडि सम्पर्क विहिन बनेको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर नुवाकोटको सिमाना नजिकै दुर्घटना भएको हो । गोर्खाबाट बिरामी लिएर काठमाडौ आउदै गरेको उक्त हेलिकोप्टर बेतिनी र बेल्कोटको सिमानामा भएको बताइएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले दिएको जानकारी अनुसार हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस–९ मा दुर्घटनामा परेको छ । हेलिकोप्टर दुर्घटनाको खबरपछि बेतैनी जङ्गलमा खोजीका लागि प्रहरी परिचालन गरिएको प्रजिअ पोखरेले बताए ।

हेलिकोप्टरमा चालक रञ्जन लिम्बुसहित जम्मा ६ जना रहेको फिसटेल एयरले जनाएको छ । फिस्टेल एयरले दिएको जानकारीअनुसार नुवाकोट क्षेत्रमा आइपुगेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।

Comments

comments

<-- Google Analytics -->