असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

एकताको अध्याय समाप्त भयोः थापा

काठमाडौं, २५ साउन ।
राप्रपा र राप्रपा नेपालका विच एकता असम्भव देखिएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताको अध्याय समाप्त भएको बताएका छन् ।

राजधानीमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने जनाएका हुन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको थापाको आरोप छ ।

थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने तयारी भइरहेको थियो । तर, सोमबार राणाले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राप्रपा नेपालसँग एकता नहुने बताएका थिए ।

राप्रपा नेपाल र राप्रपाबीच प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद छ । विवादकै बिच राप्रपाका दुई मन्त्रीलाई समेटेर प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

Comments

comments

<-- Google Analytics -->