असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

‘परिवर्तनका लागि युवा’ नाराका साथ जेसीज महाधिवेशन हुने

काठमाडौं, ५ कात्तिक । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको संगठन जेसीज अन्तर्राष्ट्रियको राष्ट्रिय संगठन नेपाल जेसीजको ४३ औं राष्ट्रिय महाधिवेशन मंसिर २५ देखि २८ सम्म ‘परिवर्तनका लागि युवा’ नाराका साथ काठमाडौंमा सम्पन्न हुने घोषणा गरिएको छ ।

महाधिवेशनमा वर्तमान राष्ट्रिय महत्वका रुपमा रहेका संविधान कार्यान्वयनदेखि अन्तर्राष्ट्रिय अभियान ‘शान्ति सम्भव छ’, आन्तरिक पर्यटन वर्ष– २०७३, राष्ट्रिय युवा नीति, वातावरण तथा पर्यावरणजस्ता विषयहरु महाधिवेशनमा छलफलका प्रमुख विषय हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाधिवेशनले आगामी वर्ष– २०१७ का लागि नेतृत्व चयन गर्दै धापासी घोषणापत्र जारी गर्ने बताइएको छ । माधापासी जेसीजको आतिथ्यतामा टोखा नगरपालिकामा सम्पन्न हुने महाधिवेशनको अध्यक्षता राष्ट्रिय अध्यक्ष सिनेटर रविन्द्र गुरुङ्गले गर्ने पनि जनाइएको छ । महाधिवेशन सम्पन्न गर्न १०१ सदस्यीय मूल आयोजक समिति, ९ सदस्यीय कार्यकारिणी समिति, त्यस्तै सल्लाहकार समिति र विभिन्न उपसमितिहरु गठन भई क्रियाशील रहेको विवरण पनि खुलासा गरिएको छ । मुलुकभर छरिएका १३८ शाखाबाट १५१८ प्रतिनिधि तथा लगभग सोही संख्या बराबर पर्यवेक्षक एवं अतिथिहरुको सहभागीता रहने उक्त महाधिवेशनको टेलिभिजन तथा रेडियोहरुबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको महाधिवेशन निर्देशक
जेसी प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

Comments

comments

<-- Google Analytics -->