असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

एमाले महाभियोगको पक्षमा सघन परामर्श चलाउने

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गराउन सघन परामर्श चलाउने भएको छ ।

एमाले स्थायी समितिको मंगलबार संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले कार्कीका विरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थन गर्दै उक्त प्रस्तावलाई पारित गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग सघन छलफल गर्दै प्रस्तावका पक्षमा सहमति निर्माण गर्ने निर्णय गरेको हो ।

Comments

comments

<-- Google Analytics -->