असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

तीन दलको शीर्ष नेताबीचको छलफल निष्कर्शविहीन

काठमाडौं, २ मंसिर । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच भएको छलफल निष्कर्ष्विहीन टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको तीन दलको बैठकमा प्रदेशको सीमाङ्कन फेरबदल गर्न नसकिने नेकपा एमालेको अडानपछि बैठक निष्कर्शविहीन भएको हो ।

संविधान संशोधनका विषय सीमाङ्कन, नागरिकता, भाषा आयोग र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग लगायतका विषयमा छलफल गर्न बैठक राखीएको थियो ।

संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री विमलेन्द्र निधि लगायतका नेता सहभागी थिए ।

‘प्रदेशहरूको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बुँदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने समझदारी भएको छ,’ प्रधानमन्त्री दाहालको आधिकारिक वेबसाइटमा जनाइएको छ ।

संघीय गठबन्धन र मधेसकेन्द्रित दलका नेताले संविधान संशोधनका लागि अल्टिमेटम दिएपछि प्रधानमन्त्री प्रचण्डले दलीय परामर्श तीव्र बनाएका छन् ।

Comments

comments

<-- Google Analytics -->