असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

कांग्रेस नेतृ सुजातालाई स्तनसँग पाठेघरको पनि क्यान्सर, आजै गरियो शल्यक्रिया

काठमाडौं, ६ मंसिर ।

कांग्रेस नेतृ सुजाता कोइरालालाई पाठेघरको समेत क्यान्सर भएको पुष्टि भएको छ। आजै उनको पाठेघरको पनि शल्यक्रिया गरिएको छ।

स्तन क्यान्सरको उपचारका लागि सिंगापुरको सेन्ट पिटर्सवर्गमा पाँच दिन रहेकी उनलाई मलेसिया पुर्‍याइएको थियो। त्यहाँ थप परीक्षणपछि चिकित्सकहरुले उनमा पाठेघरको क्यान्सर पुष्टि गरेका थिए। हिजै मात्र मलेसियाको सनवे हस्पिटल पुगेकी उनको आज पाठेघरको सफल शल्यक्रिया गरिएको हो। तर उनलाई किमो भने चलाइएको छैन।

सिंगापुरमा उनको उपचारमा संलग्न चिकित्सकले नै मलेसियाका लागिर रिफर गरेका थिए। सुजाताको एकातिरको ब्रेस्टमा क्यान्सर देखिएको छ भने अर्कोतिरको पनि परीक्षण गरिएको छ।

क्यान्सरको उपचारका लागि उनी कात्तिक २८ गते उनी सिंगापुर गएकी थिइन्।

Comments

comments

<-- Google Analytics -->