असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

संविधान संशोधनको अन्तिम तयारी भइरहेको देउवाको भनाई

काठमाडौं, ७ मंसिर ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत मधेसवादी दलका माग पूरा गर्न संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन्।

मंगलबार पार्टी मुख्यालय सानेपामा विभिन्न दल त्यागेका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले संविधान कार्यान्वयनकै लागि भए पनि मधेसवादी दलहरुका माग पूरा गरेर स्थानीय निकायको निर्वाचन हुने वातावरण बनाउन लागिपरेको बताए।

उनले तीनै तहको निर्वाचन गरेपछि मात्र संविधानको पूर्ण कार्यान्वयन भएर प्रजातन्त्र सही बाटोमा जाने बताए।

सभापति देउवाले केही दल रणनीतिक रुपमा मात्र बहुदलीय प्रजातन्त्रमा विश्वास राख्ने भएकाले शक्ति सञ्चय गरेर तानाशाही प्रवृत्ति लाद्ने पक्षमा रहेकाले कांग्रेसले निर्वाचनमा जीत हासिल गर्नैपर्ने चुनौती रहेको बताए। उनले लामो संघर्षपछि ल्याएको प्रजातन्त्रलाई संस्थागत र सुदृढीकरण गर्न कांग्रेसले तीनै तहका निर्वाचन जित्नैपर्ने बताए।

Comments

comments

<-- Google Analytics -->