असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

प्रधानमन्त्रीसँग आदिवासी नेताले मागे १० प्रदेश

काठमाडौं, १२ मंसिर ।
१० प्रदेशको माग गर्दै आदिवासी जनजाति आन्दोलनका अगुवाहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

पद्मरत्न तुलाधर नेतृत्वको टोलीले पहिलो संविधान सभाको राज्यपुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशसहितको संशोधन प्रस्ताव दर्ता गर्न माग गरेको हो ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधि मण्डलले पहिलो संविधान सभाको समिति र आयोगको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्न सम्भव नभए सोहीअनुसार कार्यादेश दिई शक्तिशाली आयोग बनाएर सीमांकन लगायतका विषय टुंगो लगाउन ध्यानाकर्षण गराएको थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको बताउँदै सत्ता पक्षमा भएका पार्टीहरुसँग एकपटक छलफल गरेर मात्रै यसलाई टुंगाइने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Comments

comments

<-- Google Analytics -->