असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

नयाँ सहर घोषणा नगर्न विज्ञहरुको जोड

काठमाडौं, १४ मंसिर ।
नयाँ सहर घोषणा नगर्न सरकारलाई विज्ञहरुले सुझा दिएका छन् ।

नयाँ सहर विकास सम्बन्धि मंगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व सचिव किशोर थापाले सहर निर्माणका लागि सडक पूर्वाधारको रुपमा हुनै पर्ने अनुभव सुनाए ।

सहरी विकास मन्त्रालयले नयाँ सहर सम्बन्धि अवधारणा तय गर्दा जनसंख्याको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पनि जोड दिए । सहर निर्माण पछि गाउँ रित्तिदै जाने समस्या समाधानका लागि पनि सरकारले निगरानी राख्नुपर्ने उनको भनाई थियो । सहरी विकास सम्बन्धि अवधारणा तय गर्दा सडक र बस्ती जोडने योजना बन्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष जगदिशचन्द्र पोखरेलले जनताका आधारभूत आवश्यक्ता पूर्ति नभई नयाँ सहर घोेषणा गर्न नहुने बताए । गाउँको विकास नगरी सहरी विकासमा लाग्दा सहरमा जनसंख्या सम्बन्धि समस्या थपिने तर्क गरे ।

प्राध्यापक भीम सुवेदीले व्यापार र लगानीको दायरा फराकिलो हुने अवस्था नआएसम्म नया सहर घोषणा गर्न नहुने बताए । उनले तराईमा हुलाकी राजमार्गलाई पूर्णता नपाए जनसंख्याको बढदो चापले समस्या खडा गर्ने बताए । सरकारले नया सहरको घोषणा गर्दै गएपछि त्यसका अवसर र चुनौतिका विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको छ ।

Comments

comments

<-- Google Analytics -->