असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

नबिनाको कार्यशैलीबाट अनेरास्ववियुमा असन्तुष्टि

काठमाडौं, १४ मंसिर ।
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका असन्तुष्ट पदाधिकारीहरुले संगठनको नेतृत्व आफुखुसी चलेको भन्दै आपत्ती जनाएका छन् ।

माधव नेपाल पक्षका अखिल नेताहरुले अध्यक्ष नविना लामाले संगठनलाई अनिर्णयको बन्दी बनाएको आरोपसमेत लगाएका छन् ।

सचिवहरु सुदेश पराजुली, आरती लामा र ओसिम आलमले अध्यक्ष नविना लामालाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा संगठनको नेतृत्व बिधानअनुसार नचलेको र आन्तरिक जीवन पनि अस्तव्यस्त बनाएको उल्लेख छ ।

अखिल सचिव सुदेश पराजुलीले भने, ‘महाधिवेशन सकिएको एक वर्षसम्म बैठक पनि बोलाइएको छैन । संगठनलाई अनिर्णयको बन्दी बनाइएको छ । त्यसैले अनेरास्ववियुलाई चलायमान बनाउन माग गर्दै ध्यानाकर्षण गराइएको हो ।’

असन्तुष्ट पदाधिकारीहरुले केन्द्रीय कमिटी र सचिवालय बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै संगठनको बिधान अनुसार केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरिएको छ ।

स्ववियु निर्वाचनको प्रणालीबारे संगठनको आधिकारिक धारणा तत्काल बनाउनुपर्ने र २८ बर्षे उमेर हदको व्यवस्थालाई संगठनको मूल एजेण्डा बनाउनुपर्ने माग समेत गरिएको छ ।

Comments

comments

<-- Google Analytics -->