असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

सेनामा जागिर खाने तयारीमा रहेकी एक युवतीको सामूहिक बलात्कार

बर्दिया १७ , मंसिर ।

शुक्रबार बिहान गुलरिया–७ कोटही मन्दिर पछाडीको सडकमा हिँडिरहेकी एक युवतीको सामूहिक बलात्कार भएको छ । तीन जनाको समूहमा रहेका युवाले उनको बलात्कार गरेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।

नेपाली सेनामा जागिर खान तयारी गरिरहेकी ति युवती मर्निङ वाकमा निस्केका बेला सामूहिक बलात्कार भएको हो । सडकमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएर सडक छेउकै अडहर बारीमा सामूहिक बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् । नियन्त्रणमा लिएर ज्यान मार्ने धम्की दिँदै तीन युवकले पालैपालो बलात्कार गरेको युवतीको भनाई छ । युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ ।

उनको वयान र हुलियाको आधारमा प्रहरीले गुलरिया–७ का १९ वर्षका एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी उपरिक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।

Comments

comments

<-- Google Analytics -->