असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

पटना पुगेर खोजियो रोटी–बेटीको सम्बन्ध

(प्रा. धनप्रसाद पण्डित)

कुरा मंसिर १३ गतेको हो । नेपाली मित्रहरुका साथ म भारतका लागि रक्सोलतिर लाग्दैथिएँ । भारत बन्दका कारण बिहान नगएर हामी १ बजेसम्म पर्खेर बस्यौ । १ बजे पुजन होटल पुरानो बसपार्कमा जीप आइपुग्यो, अनि हामी होटलबाट चेकआउट गरी चन्द्रकिशोर जीसँग हामी रक्सौलको लागि प्रस्थान ग¥यौं । १.२० रक्सौल पुग्यौं ।

रक्सौलबाट जाम शुरु भयो । म अगाडिको सिटमा छु । पछाडिको सिटमा चन्द्रकिशोरजी र बसन्त बस्नेत तराई र भारतको सम्बन्धको रोटीबेटीको सम्बन्धको बारे पत्रकारको भाषामा गफगाफ हुँदैछ । मिथिलाञ्चल र बिहार पूर्वी नेपाल र सुदूरपश्चिमाञ्चलको वारि–पारिको विवाहवारीको सम्बन्ध र खुला सिमाना नहुनाको कारण दुधुवा जंगल, सहित पर्सा वन्यजन्तु आरक्ष, कोइलावास, सहितको वनजंगल राष्ट्रिय निकुञ्जको कारण धेरै ठाउँमा रोटी बेटीको सम्बन्ध सबै सिमानामा उस्तै छैन । अहिले रेलवे क्रसिङमा गाडीहरु जाम भएका छन् । यसै बेला रेल आइपुग्यो अब सायद फाटक खुल्छ होला । जयलाल यादव ३ बजेर ४२ मिनेटमा आइपुगे । बाराबाट बच्चाको छ्यौर (मुण्डन) गरेर आएको रे । लामै समय कु¥यौं । ३.५० मा हामी प्रस्थान ग¥यौं ।
सडकको अवस्था हेर्दा एकताका कालीकोट जुम्ला सडक याद आयो । खाल्डा खुल्डी, धुलाम्य यो सिमा जाने सडकले त नीतिशका विकास झल्किँदैन सडकमा अगाडिको गाडीले उडाएको धुलोले पुरै वाहन बादलले ढाकेको आकाश जस्तै देखिन्छ जब मैले सडक बारे नीतिशको विकासको आलोचना गरे । ५ बजे सुगौली पुग्यौं । जहाँ १८१६ मा नेपाल र इ.इ. कम्पनी बीच सन्धी भएको थियो ।

राती करिब ८.५० बजे हामी पटनामा पुग्यौं । पटना स्टेशन नजिक हनुमान मन्दिर भएको ठाउँमा पाल होटलमा रात्रीको खाना खायौं । चिनजान गफसफ ग¥यौं अनि राती ११ बजे पटना विश्वविद्यालयको अतिथि सदनमा बास बस्न गयौं ।

२०७३।८।१४
आज प्रातः ६.१५ बजे उठें । म कोठामा एक्लै सुतेको हुँदा बाहिर तिर हेरें कोहि पनि देखिन । फेरी पल्टें र केहि बेरपछि नित्यक्रिया गरेर बाहिर चौरमा घुम्न गएँ, त्यहाँ जितेन्द्र सोनल लगायत ३ चार जना तराईका विभिन्न पार्टीका नेताजीसँग भेट भयो । वहाँहरु पनि मोर्निङ्ग वाक गर्दै हुनुहुन्थ्यो । एकैछिनपछि म बसन्त बस्नेत, सहित ४÷५ जना गंगाजीको दर्शन गर्न र चिया खोज्न निस्क्यौं । गंगाको दर्शन मात्र ग¥यौं । छुन पाएनौं । घाट निर्माणाधिन रहेछ । एकापट्टि धोबीहरुले लुगा धुँदै थिए । गंगाको जलमा मानिसको मलको गन्ध पो आयो । “राम तेरी गंगा मैली हो गयी” भन्ने असीको दशकको सिनेमा याद आयो । सवा अरब जनसंख्या भएको भारतलाई सिंचित गर्ने पिउने पानी, सरसफाई सिंचाई आदि सबै मानव र पशु एवं प्रकृतिको लागि आवश्यक पर्ने पानी दिने गंगा आफैं खतरामा परेको भान भयो मलाई त । चाहे गंगा बचाओ अभियान होस् कि भोट माग्न आउँदा नरेन्द्र मोदीले गंगा मैया भनेर आमाको स्वच्छताको कुरा गरी गंगा सफाई अभियान नै किन नगरेको होस् गंगा त निकै मैलो भई सकिछन् । बे आबरों है गंगा, वह दीन है याद मुझको उतरा तेरे किनारे जब कारवां हमारा” भारतको राष्ट्र गानमा गाइने माथिका हरफले गंगाजीको महत्ता दर्शाउँछ । परन्तु गंगाको स्वच्छता कायम गर्न वर्तमान भारतलाई असम्भव भए जस्तो लाग्यो ।

बिहान एक छिन साथीहरु मिठा गफ ग¥यौं । ८ बजे पछि स्नान गरी हामीहरु तैयार भयौं । एकैछिनमा हामी सेमिनार हुने ठाउँमा जान्छौं होला । हुस्सु डम्म लागि रहेछ, पटना विश्वविद्यालय निकै ठूलै ठाउँमा फैलिएको रहेछ । भित्र हरियाली पनि राम्रै रहेछ । गंगाजीको किनारमा रहेको अतिथिशालाको दुई तल्लामा चरा उडेको चिरविर गरेको हेर्दै सुन्दै यो संस्मरण लेख्न थालेको हुँ । भारतका विश्व विद्यालयहरुले निर्माण गरेका पाहुनाघरले, सभा, सम्मेलन, सेमिनार गर्दा आवासको सस्तो व्यवस्था हुने रहेछ । ४००÷५०० मा एक कोठामा बस्ने बन्दोबस्त हुने हुँदा धेरै दातृ निकाय खोज्नु पर्दैन ।
गान्धी संग्रहालयमा ११.४० बजेसम्म पनि कार्यक्रम शुरु भइसकेको छैन । सायद कुनै अतिथिको आगमनको प्रतिक्षा छ । सामाजिक कामको लागि मानिससँग फुर्सद नै छैन । त्यसैले कसैले आउनुपर्ने रहेछ । आयोजक चौधरी सरले विषयको बारेमा प्रकाश पार्नुभयो । बैंक रोडमा बि.पि. कोइराला बैठक गर्नु हुन्थ्यो र नेपालको प्रजातन्त्र स्थापनाको लडाईको मोर्चा अघि बढाउँदै थिए । त्यो पुस्तालाई सिकाउन जरुरी छैन, तर नयाँ पुस्तालाई इतिहासको महत्व र त्यो स्वतन्त्रताको लडाईमा योगदान गर्ने हरुको बारेमा लड्नुभएका महापुरुषको बारेमा जानकारी दिनु बेस हुन्छ । ठूलो भाईको भावना हामी (भारतीयहरुले) त्याग्नु पर्छ समानताको सम्बन्धमा जोर दिनुपर्छ । नेपाल र बिहारको सम्बन्ध (रामजी बाबु) अध्यक्षता गर्नुभएका चन्द्रकिशोर झाले विषयवस्तुमा विस्तृत प्रकाश पार्नुभयो । समग्र रुपमा नेपाल पटना सम्बन्ध विषयमा । बि.पि. को योगदान सम्बन्ध सम्भावना आदि विषयमा ।
चित्रलेखा यादव, प्रमुख अतिथि

बि.पि. कोइरालाले आफ्नो पटनासँगको सम्बन्धको बारेमा कुरा गर्नु हुन्थ्यो । मेरो बुबाले अध्ययन गरेको कलेज भएकोले मलाई पटना विश्वविद्यालयप्रति आकर्षित थिएँ । नेपाल–विहार सम्बन्ध गाढा हुनुपर्छ । राजनीतिक दूरी घटाउन पुल (सेतु) बनाउन जरुरी छ । जसरी पटना जोड्नको लागि गंगा नदीमा ७ किमिको पुल बनेको छ ।

रक्सौल–मुजफ्फरपुरसम्म पुग्न डेढसौ कि.मि. को बाटो पार गर्नु युद्ध जिते जस्तै मान्नुपर्ने अवस्था छ । त्यो खराब सडकलाई जोड्न सक्दा बिहार–पटना–नेपाल सम्बन्धलाई नजदिक ल्याउन सकिन्छ । जनस्तरको सम्बन्ध मजबुत भएमा राजनीतिक स्तरको सम्बन्ध आफैं राम्रो हुन सक्छ ।

जीतेन्द्र सोनलजी
भारतीय सरहदमा असर गर्ने क्षेत्र मधेशको चर्चा गर्नुभयो । नभेम्बर क्रान्ति सान्दर्भिक तरिकाले कुरा गर्नुभयो । नेपालमा पनि नयाँ, नयाँ संरचना बन्न सक्छन् । पंचायती कालमा राजनीतिक केन्द्र बिहार नै हुन्थ्यो । पटना, कलकत्त, बनारस भयो । पटना, बनारसबाट हामी टाढा हुँदै गयौं । भारतको सरकार थिंक ट्याङ्क, नागरिक जीवन १६ साय किमि को जनजीवन धरापमा छ । जब सिमानाको कुरा आउँछ, हामीले धेरै विचार गर्नुपर्छ । के मधेशी अपराधी हुन् । एक अधिकार प्राप्त नागरिकको किसिमले समानता हुनुपर्छ । मताधिकार समान हुनुपर्छ ।

२०७३।८।१४
साँझ भाजपाको एक सांसदको घरमा सबैजना नेपाली प्रतिनिधि सहभागीलाई भोजन गर्न बोलाइयो । हामी पनि ठाउँ ठाउँमा सोध्दै वहाँको अपार्टमेन्टमा पुग्यौं । त्यहाँ भेटघाट गफगाफ भयो । वहाँले भन्नुभयो विश्व राजनीति एक नयाँ मोड लिँदैछ । डोनाल्ड ट्रम्प राजनीतिक व्यक्ति होइन, महाशक्तिको नायक बनेकोले, हिलारीजस्तो स्वाभाविक राजनीतिको कोर्ष सिधा बाटोमा जाँदैनजस्तो छ । नेपालको धर्मान्तरण हाम्रो पनि चासोको विषय हो । बढ्दो क्रिश्चियन प्रभावले छिमेकीलाई असर गर्छ नै । उक्त समयमा अजय चौरसियाजीले भन्नु भयो वीरगंजमा पनि ८÷१० चर्च कोठा कोठामा बनेका छन् । तराई पनि त्यसबाट अछुतो छैन ।

नयाँ र फरक खबर के भने डा. पाशवान दरभंगा वि.वि. मा प्राध्यापक हुनुहुँदो रहेछ र भारतको सांसदसँगै कसरी हुन्छ भन्दा वहाँले भन्नुभयो प्राध्यापक पद लियनमा अर्को व्यक्तिलाई केहि वर्ष पढाउन लगाई सांसद पदको अवधि सकिएर म फेरी प्राध्यापनमा फर्कन्छु । भारतजस्तो विशालकाय देश लार्जेष्ट डेमोक्रेसीमा प्राध्यापकलाई मात्र पद छँदै राजनीति गर्ने सांसद बन्ने छुट संविधानले दिएको रहेछ । नेपालमा यो अवैधानिक हो । उहाँको श्रीमती पनि प्राध्यापन पेशामै हुनुहुँदो रहेछ । माननीयको श्रीमती भएपछि पाहुना आएको बेलामा खाना आफैं पकाउनै प¥यो । त्यसैले म खाना तैयार भएपछि गफगाफमा सामेल हुनेछु भन्नुभयो । वहाँ इतिहास विशेष गरी भारतीय इतिहास पढाउने प्राध्यापक हुनुहुँदो रहेछ । खाना खाँदै निकै बेर वार्तालाप, गफगाफ भयो । फर्कने बेलामा सुष्मा तिवारी र चित्रलेखा यादव दुई जना महिलालाई वहाँको श्रीमतीले शल उपहार दिनुभयो । महिलाओको कुछ दिया जाए भनेपछि अनि हामीहरु बिदा भएर फक्र्यौ । रातीको करिब १०.३० बजे ।

लक्ष्मणलाल कर्ण
माध्यम भाषा हिन्दी हो । त्यसैले हिन्दी भाषा दोश्रो राष्ट्रिय भाषाको रुपमा रहनुपर्छ भन्ने हाम्रो तराई वादी पार्टीको माग हो । केन्द्रको भाषा नेपाली भएपछि विभेद स्वाभाविक हो । भाषा आयोगको रिपोर्टको आधारमा भाषाको बारेमा निर्णय गर्ने भनिएको छ । भाषा संस्कृतिको साथ नागरिकताको बारेमा पनि हामीले आवाज उठायौं । नागरिकताको विविध समस्याको बारेमा विविध किसिमका समस्या छन् । विवाह गरेपछि नागरिकता पाइन्छ । अंगीकृत नागरिकताको समस्या र राजनीतिक समान अधिकारको प्रश्न पनि विद्यमान छ । समस्यालाई समाधान गर्न जरुरी छ । वंश चलाउने एक गृहिणीलाई किन वैवाहिक अंगीकृत नागरिकता दिने ?

अजय द्विवेदीजी
सम्बोधनको क्रममा चित्रलेखा यादवजीको प्रशंसासहित सम्बोधन गर्नुभयो । सुष्मा तिवारीजीलाई पनि पटनाबाट पि.एच.डी. गरेको छात्राको रुपमा सम्बोधन गरे । पटना, बनारस एवं कोलकाताको र नेपालको सम्बन्ध साह्रै निकट रहेको विषयमा प्रकाश पार्नु भयो । प्रो चौधरीले बि.पि. कोइरालाको नाम सहित पटना नेपाल सम्बन्धको बारेमा बोल्नुभयो ।

नेपाली काँग्रेसको इतिहासमा बैर्गनिया सम्बन्ध ऐतिहासिक छ । क्रान्तिकालमा भारतले जहिले पनि मद्दत ग¥यो । राजनीतिक मात्र होइन कृषि, सामाजिक सम्बन्ध आर्थिक, अन्तरनिर्भरता नेपाल भारत बिचको महत्वपूर्ण विषय हो । किन आकर्षणको पटनाको भूमिका गौण हुन पुग्यो भन्ने विषयमा हामीले आपसी सम्बन्ध २००७ सालको क्रान्तिमा नेपाली काँग्रेसले नै भूमिका खेलेको हो । बि.पि. कोइरालाको भूमिका पक्कै पनि महत्वपूर्ण रहेको थियो नै नभेम्बर क्रान्ति २०५० निश्चित सहमति “दिल्ली सम्झौता” बाट अन्त भयो । सबै सम्झौता भारतको भूमिका रहे पनि परिवर्तन पछि सत्ता केन्द्रीय राजनीतिले न्याय दिन
सकेन ।

अजय चौरसिया
नवल किशोर चौधरीज्यूले यो कार्यक्रममा बोलाउनु भएकोमा धन्यवाद दिन्छु । २००७ को क्रान्ति र बि.पि. विषयमा हामी छलफल गर्दैछौं उनको (बि.पि.) भूमिकाले २००७ को क्रान्तिलाई सफलताको उचाईमा पु¥याएको हो । शुरुमा कम्युनिजमबाट विचार शुरु गरेका बि.पि. समाजवादी आन्दोलनमा सामेल भए । राहदानीको व्यवस्था थियो । २००७ सालदेखि हालसम्मको राजनीतिक संक्षिप्त इतिहास जोडि दिनुभयो ।
मेरो मावली नेपाल हो र ससुराल पनि नेपाल हो । जोग्राफिकल प्रोक्सिमिटी राष्ट्र र राष्ट्रियता सम्बन्धि पहिचानसँग छ । परिचयात्मक समस्या यो एक प्रकृया भारतमा पनि राष्ट्र बन्ने प्रकृया अझै चल्दैछ । व्यक्तिगत रुपले हामी नेपालको मित्र भएकोले नेपालको यथार्थलाई हामीले मद्दत गर्नुपर्छ । लोकतन्त्रको ढाँचामा आवश्यक परिवर्तन गर्न सकिन्छ । भौगोलिक निकटता मात्र होइन सामाजिकरणले पनि भूमिका खेल्छ । विराटनगर–काठमाडौं हुँदै विरगंज सम्म भारत वा मदेशप्रति राम्रो सम्बन्ध नागरिकता र भाषाको समस्या लोकतन्त्रमा समाधान गर्न सकिन्छ ।

मेरो अध्यक्षता दुई दिन चल्यो । मंगलबार ४ बजे देखि शुरु भएको मधेश आन्दोलन र नेपाल–पटना सम्बन्धको सेसनको अध्यक्षता मैले गर्नुप¥यो । मधेशी राजनीतिक दलका नेताहरु, जितेन्द्र सोनल, रामबाबु राउत, लक्ष्मण लाल कर्ण, अजय द्विवेदी, अजय चौरसिया लगायत त्यसै पालोमा वक्ताको रुपमा हुनु हुन्थ्यो । सेसनको शुरुवात गर्दा मैले नै अध्यक्षताको रुपमा विषय प्रवेश गरें । करिब २० मिनेटसम्म नेपाली, अंग्रेजी, संस्कृत र हिन्दीमा आफ्नो विचार राखें । त्यसपछि जितेन्द्र सोनल जीलाई ७ मिनेट बोल्न दिएकोमा करिब २० मिनेट बोल्नु भयो । हामी माथि अन्याय भएको छ, हिन्दी हाम्रो भाषा हुनुपर्छ । पहाडिया राष्ट्रवाद लगायत थुप्रै कुरा आए । आगो उगेले जस्तै पारामा त्वमेव माता च पिता त्वमेवको भाषामा अविभाषण गर्नु भयो । त्यसपछि लक्ष्मण लाल कर्णले बोल्दा समय नै पुगेन । त्यसैले कार्यक्रम ५ बजेपछि त्यत्तिकैमा रोक्यौं । अर्को दिन फेरी मेरै अध्यक्षतामा कार्यक्रम संचालन भयो । लक्ष्मण लालकर्णले पनि चित्त बुझ्ने गरी चर्कै तर सौम्य भाषामा तराईमा हामी माथि अन्याय भएको छ । नागरिकता लगायत व्यवहारको कुरा गर्नु भयो । त्यसपछि अजय द्विवेदीजी माननीयले बिस्तारै नेपाल–पटना र बि.पि. बारे बोल्नुभयो । लालबाबु राउतको समयमा पनि करिब चर्कै स्वरमा तराई मधेशको जनताको भोगाई र राज्यको व्यवहारको चर्चा गर्नुभयो । अन्तिम वक्ताको रुपमा अजय चौरसिया बोल्नु भएको थियो । वहाँले बि.पि. कोइरालाको नेपाली राजनीतिमा भूमिका, नेपालको राजनीतिक अवस्थाको विकास क्रम र विहार र नेपालको सम्बन्धको बारे सुस्तरी आफ्नो विचार राखी सक्दा कार्यक्रम निकै लामो भई सक्यो । त्यसपछि मैले अन्तिममा दुई शब्द मात्र राखेर सत्र अन्त भएको घोषणा गरें ।

अर्को सत्रमा पटनाका बुद्धिजीवी, प्राध्यापकहरुले नेपाल र बिहार सम्बन्ध बारे विचार राखे । अन्तिममा सि.के. लालको बि.पि. प्रवचन माला प्रथम पटक बि.पि. कोइराला केन्द्रको तर्फबाट २७ मिनेटको प्रवचन थियो । शुरुवातमा निकै राम्रो पाराले पटना, भारत, गान्धी बुद्धलाई नमन गर्दै विषय प्रवेश गरेका सिके लालले न बिपिको राजनीतिक जीवनको विस्तृत व्याख्या गरे न नेपाल भारत सम्बन्धमा बि.पि. विचार र व्यवहारको प्रभावकै त्यति चर्चा गरे । समग्रमा कार्यक्रम रोचक र घोचक रहयो । भारतीय भूमिमा बिहारको कार्यक्रममा पूर्व सहभागी हुन पाएकोमा भारतीय मित्रहरुको मोटामोटी सकारात्मक भावना रह्यो र सिकायत पहिले नेपाल पटना सम्बन्ध नजदिक थियो । अब किन टाढिएको छ भन्ने प्रश्न आएको थियो । त्यसको पछाडि क्वालिटी अफ एजुकेशन, एक्सपोजर, ग्लोबलाइज्ड शिक्षा नेपालीहरुको विश्वस्तरीय शिक्षा प्रतिको आकर्षण अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडाको शैक्षिक चाहना, विहारमा शैक्षिक ह्रास र गुण्डागर्दी लगायत विषयको कारणले मात्र होइन । मुजफरपुर देखि रक्सौल सम्मको रोडको अवस्थाले पनि नेपालीहरु त्यति मात्रामा शिक्षाको लागि आउँदैनन् । कतिपय शिक्षा नेपालमै राम्रो भएकोले पनि त्यो आवश्यकता कम भएको हो । शैक्षिक गुणस्तर वृद्धि भएमा सिमासम्म सहज आवागमन र सहृदयी व्यवहार हुँदा, मामली, ससुरालीको सम्बन्ध भएको नेपाल भारत विशेष गरी तराई मधेश र पटना बिहारको समग्र सम्बन्ध अग्रगामी र दुरगामी नै हुनेछ भनेर दुई दिने गोष्ठी समापन भयो ।

२०७३।८।१६
भारत बेलायतबाट स्वतन्त्र हुँदा हामीले केहि ब्रिटिस साम्राज्यकालमा पनि प्रजातन्त्रको स्वाद पाइसकेका थियौं । १९३७ मा भारतीय जनताले चुनावको अनुभव पाएका थिए । ब्रिटिस ब्युरोक्रेसी सुप्रशिक्षित थियो । भारतमा त्यसताका शिक्षाको विकास भइसकेको थियो । मध्यमर्गको उपस्थिति राम्रै रुपमा थियो । त्यसकारण भारतले ब्रिटिसकालमै स्थापना भएका उद्योग, विकास संरचनाको कारण पनि भारतले यस बिचमा विकास गर्न सक्यो । तर नेपालमा औद्योगिक विकास नभएको जहानियाँ शासनको कारण फ्युडालिजमको नियन्त्रण थियो । २००७ सालको क्रान्तिपछि पनि विकास नहुनुको कारण त्यहि जहानियाँ शासनको कारण नेपालमा चाहना अनुरुप विकास हुन सकेन ।

२०७३।८।१६
आज बिहिबार साँझ ६ बजे रक्सौलसम्म गाडीमा र त्यसपछि बिजुलीले चल्ने अटो रिक्सामा विरगंज पुग्यौं । त्यहाँ होटल हिरा …………… मा सामान राखेर बसको टिकट लिन होटलको स्टाफलाई पठाएँ । त्यसपछि २०२ नम्बर कोठामा बसेर तीनजनाले चिया खायौं । कुनै जमानामा भारतीय सिनेमाको हिरो नरगिसको श्रीमान बसेको कोठा हो रे । बसको टिकट आए पछि चन्द्रकिशोर आफ्नो घर तिर लागे । म बसन्त बस्नेत आज बस्ने होटलको कोठामा मोबाइल चार्ज गर्दै फ्रेस हुने काममा बाथरुम तिर पसें । अब ७.३० बजेतिर साँझको खाना खाई ८.२० सम्म बसपार्क पुग्नेछु । सायद भोलि बिहानै काठमाडौं पुग्न सकिन्छ होला भन्ने आशा छ । समग्रमा यसपटकको पटना भ्रमण उपलब्धिमूलक नै रह्यो ।

अचानक भएको बिहार राज्यको राजधानी पटनामा अवस्थित पटना विश्वविद्यालय अतिथिशालाको बसाई पनि रमाइलो रह्यो । पटना कलेज सन् १८५४ मा खुलेर ४ वर्ष पछि बन्द भएको थियो रे । पुनः सन् १८६० मा स्थापित ब्रिटिस उपनिवेशकालको कलेज प्रथम विश्वयुद्धको समय १९१७ मा विश्वविद्यालय बनेको रहेछ । जसले नेपालको म्याट्रिकुलेशन परिक्षा पनि लिन्थ्यो र पद्मकन्या क्याम्पसको स्थापना हुँदा पटना विश्वविद्यालयकै अनुबन्धन (सम्बन्धन) बाट स्थापना भएको कलेजका पूर्व प्रिन्सिपलले २००७ सालको नेपाली क्रान्ति र बिपि कोइराला विषयमा नेपाल र भारतका बुद्धिजीवी, राजनीतिज्ञ, प्राध्यापक, पत्रकार, नागरिक समाज तथा विद्यार्थीहरु माझ गराएको नेपाल भारत सम्बन्ध विपि र तराई आन्दोलन विषयको छलफल समग्रमा उपलव्धिमूलक रहयो ।

Comments

comments

<-- Google Analytics -->