असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

अर्काे डिन नियुक्ति गरे पनि डा केसीले तोडिएन अनसन

काठमाडौं, १८ मंसिर ।

अनसनरत डा केसीको माग अनुसार चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा जेपी अग्रवालको नियुक्ति गरिसकेता पनि उनको अनसन तोडाउने सरकारी प्रयास शनिबार पनि असफल भएको छ ।

शिक्षा र स्वास्थ्यमन्त्रीको उपस्थितिमा सरकारी वार्ता टोली र डा।गोविन्द केसीका प्रतिनिधिले १२ बुँदे सहमतिको मस्यौदा समेत तयार पारेका थिए । र, सिंहदवारमा तयार भएको सहमतिको मस्यौदा लिएर डा केसीका प्रतिनिधि अनसन स्थल पुगेका थिए ।

शनिबार नै सम्झौता गर्ने र अनसन तोड्ने भन्दै स्वास्थ्यमन्त्री गगन थापा, शिक्षा मन्त्री धनिराम पौडेल र वार्ता टोलीमा रहेका दुबै मन्त्रालयका सचिव तयारी अवस्थामा थिए ।

तर, मस्यौदाको दोस्रो बुँदामा डा।केसीले अससन्तुष्टि जनाए,जुन त्रिभुवन विश्व विद्यालयका उपकुलपतिसँग सम्वन्धित छ । स्रोतका अनुसार यो मस्यौदामा उपकुलपति नियुक्तिका लागि कार्यदल बनाएर मापदण्ड नै बनाउनु उल्लेख छ । साथै अहिलेसम्म भएका नियुक्तिको छानविनका लागि समिति बनाउने प्रस्ताव गरिएको छ ।

Comments

comments

<-- Google Analytics -->