असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

राप्रपाको महाधिवेशन आगामी फागुनमा

काठमाडौं, १८ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विषयमा अझै औपचारिक धारणा तय गर्न सकेन ।

संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले दर्ता भएको प्रस्तावमा धारणा बनाउने भनिए पनि समिति सदस्यबीच नै फरक फरक धारणा आएपछि निर्णय गर्न नसकेको हो ।

शनिवार बसेको बैठकमा राप्रपाका नेताहरुले विषयबस्तु संवदनशिल बन्दै गएको र पार्टीका सबै निकायमा छलफल गरि ठोस निर्णय गर्ने भन्दै बैठक स्थगित भएको छ । संसोधन प्रस्तावमा प्रदेश नम्बर पाँचबाट पहाडि जिल्ला अलग गर्ने प्रस्तावको विरोध गर्दै आन्दोलन चर्किरहेका बेला राप्रपाले विषयबस्तु संवेदनशिल बन्दै गएको भन्दै थप छलफल गर्न सोमबार पुन केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन आगामी फागुन ६, ७, ८ र ९ गते काठमाडौमा गर्ने भएको छ । पार्टी नेता बुद्धिमान तामाङ नेतृत्वको कार्य दलले प्रस्ताव गरेको महाधिवेशनको मिति सम्पादन समितिको बैठकले अनुमोदन गरेको हो । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण भएपछि बनेको कार्य दलले महाधिवेशनको मिति तय गरेको हो ।

हिन्दु राष्ट्र स्थापित गर्ने भन्दै कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राप्रपाबीच गएको मंसिर छ गते एकीकरण भएको थियो ।

Comments

comments

<-- Google Analytics -->