असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

धनगढीमा एमाले कार्यकर्ता गिरफ्तार

काठमाडौं, २३ मंसिर । सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावका
विरुद्धमा कैलालीको सदरमुकाम धनगढीमा नेकपा (एमाले) लगायतका राजनीतिक दलहरुले आयोजना
गरेको विरोध कार्यक्रममा सरकारका तर्फबाट बलप्रयोग गरी नेकपा (एमाले) जिल्ला कमिटी
कैलालीका अध्यक्ष दीर्घ सोडारीका साथै रणबहादुर चन्द, यज्ञराज बाँस्तोला, मदन रेग्मीलगायत २१ जनालाई
घाइते बनाएको र ४१ जनालाई गिरफ्तार गरेको छ ।

एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिअनुसार शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन
गर्न पाउने संवैधानिक अधिकारमाथि कुठाराघात गर्दै नेता–कार्यकर्तालाई गिरफ्तार गरिनुले लोकतान्त्रिक
व्यवस्थाको मर्ममा प्रहार गरेको छ । पार्टी उक्त घटनाप्रति खेद व्यक्त गर्दै घाइतेहरुको अविलम्ब
उपचार, गिरफ्तारहरुलाई तुरुन्त रिहाइ र निर्वाध रुपमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने सुनिश्चितता गर्न
माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

Comments

comments

<-- Google Analytics -->