असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

बज्रबाराहीमा २५ शैयाको सामुदायिक अस्पताल

ललितपुर २७, मंसिर ।
बज्रबाराहीमा २५ शैयाको सामुदायिक अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ । यहाँ आयोजित समारोहमा स्वास्थ्य मन्त्री गगनकुमार थापाले अस्पताल भवनको उद्घाटन गरेपछि सोमबारबाटै अस्पताल संचालनमा आएको हो ।

मन्त्री थापाले सो अस्पतालको नयाँ बन्ने भवनको शिलान्यास समेत गर्नु भएको बज्रबाराही नगरपालिकाका कार्यकारी प्रमुख टेजराज पन्थीले जानकारी दिनुभयो ।
हामीले यहाँ संचालनमा रहेको प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई नयाँ नाम र सेवा विस्तार गरेर बज्रबाराही सामुदायिक अस्पताल संचालनमा ल्याएका छौं, उहाँले भन्नुभयो, यहाँ अब साधरणदेखि जिल्ला अस्पतालमा पाउने स्वास्थ्य सेवा पाउन सकिन्छ ।

उहाँका अनुसार एक जना एमडी, एक एमबिबिएस र चार स्टाफ नर्स सहित १९ जना कर्मचारी रहेको र समयसँगै कर्मचारी र स्वास्थ्य सेवा पनि बढाउँदै लैजाने छ ।

यस नगरपालिकाको सहकार्यमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, इभेन जुलियस, लुथ्रर्न चर्च ईन अमेरिका र शान्ति नेपालको सहकार्यमा नयाँ भवन बन्ने नगरपालिकाले जनाएको छ । दुई करोड ३० लाख लागतमा बन्ने सो अस्पतालको नयाँ भवन आगामी असार मसान्तसम्म बनाईसक्ने योजना छ ।

विशेष सेवा दिने भनिएको यस अस्पतालबाट बज्रबाराहीसहित गोदावरी, कार्यविनायक नगरपालिका र दक्षिण ललितपुरका १९ गाविसका हजारौं सर्वसाधरणले सेवा लिन सकिने नगरपालिकाका प्रमुख पन्थीले सुनाउनुभयो ।

उहाँका अनुसार यहाँका सभासदहरुले यसै अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्थापना गर्न दबाब स्वरुप स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
जिल्ला अस्पताल ललितपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनको एउटा सानो कोठामा रहेको र ठूलो संख्याको कर्मचारी त्यहाँ थुप्रिएर बसेको यहाँका राजनीतिक दलहरुले आरोप लगाएका छन् ।

Comments

comments

<-- Google Analytics -->