असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

आज योमह्री पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै

काठमाडौं, २८ मंसिर ।

मंगलबार आज मंसिर शुक्ल पूर्णिमा, यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले उधौली पर्व मनाउँदैछन् ।

खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ ।

उधौली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । यस्तै नेवार समूदायले योमह्री पूर्णिमा मनाउँदैछन् । काठमाडौं उपत्यकाको नेवार समुदायमा ४ सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास रही आएको छ ।

जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

आजको दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । यस्तै पहाडी समुदायले कुल पूजा र गोठ पूजा गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

Comments

comments

<-- Google Analytics -->