असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

सरकार टिकाउन संविधान संशोधन प्रस्ताव ल्याएको ओलीको आरोप

काठमाडौं, २ पुस ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार टिकाई राख्न संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाएका छन्।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले रातारात दर्ता भएको संशोधनको प्रस्ताव आवश्यकताको नभई प्रधानमन्त्रीको स्वइच्छाको भएको बताए। उनले नेपाल र नेपालीको इच्छा विपरीत ल्याइएको संशोधनको प्रस्ताव प्रधानमन्त्रीको निजी स्वार्थको भएको दाबी समेत गरे।

कार्यक्रममा अध्यक्ष ओलीले संविधान संशोधन विधेयका प्रत्येक बुँदाले राष्ट्रको हित नगर्ने र भविष्यमा समस्या पार्ने भएकोले सो विषय संसदमा पेश गर्न नदिएको जिकीर पनि गरे। अध्यक्ष ओलीले कसैलाई उक्साउने काम एमालेले नगर्ने भन्दै जनता असन्तुष्ट हुने विषयमा एमाले पनि सन्तुष्ठ रहन नसक्ने स्पष्ट पारे।

Comments

comments

<-- Google Analytics -->