असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

संविधान संशोधन विधेयक देशहित विपरितः चित्रबहादुर केसी

काठमाडौं, २ पुस ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक देशहित बिपरीत भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा केसीले कालान्तरमा नेपाल भारतमा मिसाउने हतियारका रुपमा विधेयक आएको बताए।

उनले भने, ‘भारतको छोटो हतियारका रुपमा विधेयक आएको छ।’ उनले पहाड र तराई कुनै हालतमा अलग गर्न नसकिने बताए। भने, ‘मधेसवादी दलहरु सँधै दिल्लीको कुरा गर्छन्।’

कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कार्यपत्र प्रस्तुत गरेका थिए। पस्ताव पेश गर्दै उनले संशोधन प्रस्तावले नेपालको राष्ट्रियतामाथि गम्भीर, जटिल र विकराल प्रश्न उठाएको बताए।

Comments

comments

<-- Google Analytics -->