असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

एमालेले संविधान लागु गर्न नखोजेको ठाकुरको आरोप

कपिलवस्तु, ५ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले एमाले आफैले पहिले प्रस्ताव गरेको संशोधन विधेयकलाई विरोध गरेर संविधान लागु गर्न नखोजेको आरोप लगाउनुभएको छ ।

कपिलवस्तुको शिसवामा आयोजित तराई मधेस बृहत जनजागरण अभियानलाई सम्बोधन गर्दै उहाँले एमालेले संविधान नै लागु गर्न नचाहेको बताउनुभयो । नेता ठाकुरले संविधान लागु गरे मुलुक संघीयतामा जाने र एमाले कमजोर हुने भन्ने सोचका कारण एमालेले बिभिन्न बहाना बनाएर संविधान संशोधनको बिरोध गरेको उहाँले भनाई छ।

संविधान संशोधनका बेला आफ्ना माग पूरा नभएको बिषयमा आफूहरुले संविधान जलाएको स्मरण गराउँदै अहिलेको संशोधनलेसमेत आफूहरुको माग पुरा नहुने अवस्था रहेको उहाँले बताउनुभयो ।

तर एमालेले बिभिन्न बाहानाबाजी गरेर संशोधन रोक्ने र संविधानलाई लागु हुन नदिने षडयन्त्रणमा रहेको उहाँको भनाई छ । पाँच नम्बर प्रदेशमा कुनै पनि हालतमा पाहाडी जिल्ला मिलाउन नहुने बताउँदै उहाँले आफूहरु एक मधेसको पक्षमा रहेको बताउनुभयो ।

Comments

comments

<-- Google Analytics -->