असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

हिमाली भेगमा हिमपात पर्ने अनुमान

    

काठमाडौं, पुस १७ – हिमाली क्षेत्रमा आइतबार पनि हिमपात हुने अनुमान गरिएको छ । मौसम बद्ली भई शनिबार ठाउँ ठाउँमा हिमपात भएको र आइतबार पनि हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।

ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखालगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । दोलखाको च्योर्दुङ डाँडामा हिउँ पर्दा पटासे, ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ । अस्थायी टहरामा बसिरहेका भूकम्प प्रभावितको जीवन झनै कष्टकर बनेको छ ।

त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपातका कारण कठिनाई भएको छ । बंंगाल र भारतको उत्तराखण्डमा न्यूनचापीय क्षेत्र विकास भएकाले मौसम बद्ली भएको हो । आइतबार पनि पहाडी भेग र पूर्वी तराइमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेपनि ठूलो पानी नपर्ने मौसमविद श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौंमा आइतबार चिसो महशुस गरेपनि न्युनतम तापक्रम भने बढेको छ । काठमाडौंको न्युनतम तापक्रम आइतबार ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

Comments

comments

<-- Google Analytics -->