असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

शाहरुख खानका गुरुको नेपालमा अभिनय विद्यालय

काठमाडौं, १४ माघ ।

भारतीय अभिनेता शाहरुख खानका अभिनय प्रशिक्षक बेरी जोनले नेपालमा अभिनय स्कुलको स्थापना गरेका छन् ।

भारतको बेरी जोन अभिनय विद्यालयको नेपाल शाखाका रुपमा उनले ‘बेरी जोन ए्याक्टीङ स्टुडियो’ खोलेका हुन ।

ललितपुरको कुपण्डोलमा आज बरिष्ठ नाट्यकर्मी सुनिल पोख्रेल तथा बेरी जोनद्धारा संयुक्त रुपमा सो विद्यालयको औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बरिष्ठ नाट्यकर्मी सुनिल पोखे्रलले आफुले पनि बेरी जोनसंग अभिनयको प्रशिक्षण लिएको स्मरण गरेका थिए ।

कार्यक्रममा जोनले नेपाली अभिनय तथा चलचित्र क्षेत्रको राष्ट्रिय/अन्तराष्ट्रिय प्रर्वधनमा टेवा पूर्याउने लक्ष्य आफुले लिएको बताए ।

विश्वप्रसिद्ध अभिनय प्रशिक्षक एवं नाटक निर्देशकका रुपमा परिचित जोनसंग शाहरुख खानका अलाबा, मनोज बाजपेई, रिचा चड्डा, हलिउड अभिनेत्री फ्रिडा पिन्टो लगायतका कलाकारहरुलाई प्रशिक्षण दिएको अनुभव रहेको छ ।

उनको अभिनय विधालय भारतमा विगत एक दशकदेखि लगातार सर्वोच्च स्तरको अभिनय विधालयकारुपमा चिनिंदै आएको छ ।

जोनले भारतमा प्रथमपटक सन् १९७३ मा दिल्लीमा स्थापना भएको प्रथम नाटक समुह थिएटर एक्शन ग्रुपको शुरुवात गरेका थिए ।

बेलायती मुलका जोन सन् १९६९ मा भारत आएका हुन् ।

उनलाई भारतको संगीत र नाट्य विद्यामा सर्वोच्च मानिएको उपाधी संगीत नाट्य एकेडमी अवार्ड तथा अर्को राष्ट्रियस्तरको साहित्य कला परिषद अवार्ड पनि प्रदान गरिएको छ ।

उनको अभिनय विद्यालयबारे थप जानकारी यस लिंकमा उपलब्ध रहेको छ ।

Comments

comments

<-- Google Analytics -->