असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

निर्वाचन आयोगमा तीनजना आयुक्तहरु सिफारिस

काठमाडौं, १४ माघ । विगत लामो समयदेखि रिक्त रहेको निर्वाचन आयोगको आयुक्तमा तीनजनाको नाम सिफारिस भएको छ ।

संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले तीनजना आयुक्तको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा झापाका नरेन्द्र दाहाल, स्याङ्जाका ईश्वरी पौडेल र रुकुमका सुधीरकुमार शाह छन् ।

संविधानको धारा २ सय ४५ को उपधारा ६ बमोजिम निर्वाचन आयुक्त बन्न उनीहरुको योग्यता पुगेको भन्दै सिफारिस गरिएको परिषद्ले जनाएको छ ।

संसदीय सुनुवाइपछि निर्वाचन आयोगको आयुक्तमा उनीहरुको नियुक्ति हुनेछ । यो नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ ।

Comments

comments

<-- Google Analytics -->