असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

स्ववियु निर्वाचन फागुन १८ गते पक्का

काठमाडौं, ६ फागुन । त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरेको छ ।

यही फागुन १४ गते हुने भनिएको निर्वाचन फागुन १८ गते सारिएपछि त्रिविले निर्वाचनका लागि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

नयाँ कार्यतालिकानुसार अब स्ववियु निर्वाचन प्रक्रिया सुरु गरिने त्रिवि स्ववियु कमिटिले जनाएको छ ।

नयाँ कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया यही फागुन ११ गते देखि सुरु हुँदैछ । सो दिन निर्वाचन मतदानमा सहभागीको मतदाताको सूची प्रकाशन गरिने, १२ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १८ गते मतदान गरिने छ । अनेरास्ववियु (क्रान्तिकारी) लगायत केही विद्यार्थी सङ्गठनको विरोधका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको हो ।

Comments

comments

<-- Google Analytics -->