असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

कांग्रेसविरुद्ध अदालतमा यस्तो मुद्दा

काठमाडौ, २१ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले दिएको फैसलाबारे कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयविरुद्ध अवहेलना मुद्दा दर्ता भएको खबर आजको नयाँ पत्रिकामा छ ।

अधिवक्ता हरिप्रसाद मैनालीले कांग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी बनाएर आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् । कांग्रेस बैठकले अदालतको फैसलालाई कार्यपालिकाको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको निर्णय गरेपछि सर्वोच्चमा अवहेलना मुद्दा दायर भएको हो ।

अवहेलनाको मुद्दाको पेसी २२ चैतका लागि तोकिएको छ । कांग्रेसको सो निर्णयले सर्वोच्च अदालतको फैसलामाथि प्रश्नचिह्न उठाएको भन्दै अवहेलना मुद्दा दायर गरेको अधिवक्ता मैनालीले बताए ।

Comments

comments

<-- Google Analytics -->