असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

मेलम्ची आयोजनाको काम दसैंअघि नै सकः लेखा समिति

काठमाडौं, २२ चैत ।
व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माणकार्य आगामी दसैंअघि नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले मंगलबार मन्त्रालय र आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

साथै, आयोजनाको प्रगति विवरण प्रत्येक महिना समितिमा पेस गर्न पनि सचेत गराइएको छ ।

समितिले अहिलेसम्मको कामको वित्तीय व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण एक हप्ताभित्र समितिमा पेस गर्न पनि आयोजनालाई निर्देशन दिएको छ ।

त्यसैगरी, उपत्यकामा पाइप विस्तारको काम छिटो सक्न र खनिएका सडकको मर्मतमा ध्यान दिन पनि समितिले निर्देशन दिएको छ ।

बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची आयोजनाको काम दसैंभित्र सक्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी, आयोजनाका प्रमुख इन्जिनियर घनश्याम भट्टराईले सुरुङको काम ४ किलोमिटरमात्रै बाँकी रहेको बताए ।

आयोजनाले जेठभित्र पाइप विस्तारको काम सम्पन्न हुने दाबी पनि गरेको छ ।

Comments

comments

<-- Google Analytics -->