असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

कक्षा ११ को परीक्षा सुरु ः बन्द हडताल नगर्न आग्रह

भक्तपुर, १ असार । आजबाट कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको सो परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो ।
परीक्षालाई मर्या्दित र व्यवस्थित गर्न कडा अनुगमन गर्ने र परीक्षा अवधिभर बन्द हडताल नगर्न  तथा परीक्षालाई बाधा नपु¥याउन बोर्डले पत्रकार सम्मेलन गरी आह्वान गरेको छ ।
परीक्षामा नियमिततर्फ तीन लाख ४८ हजार ६० र आंशिकतर्फ एक लाख ९९४ गरी देशभरबाट कुल चार लाख ४९ हजार ५४ जना विद्यार्थी सहभागी भएका छन् जसमध्ये छात्रको सङ्ख्या दुई लाख ११ हजार ८२२ र छात्राको सङ्ख्या दुई लाख ३७ हजार १७२ रहेको छ ।
सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँमा ६४ हजार ५६४ र सबैभन्दा कम मुस्ताङमा ९३ जना छन् । काठमाडौंमा १११ र मनाङ र मुस्ताङ्मा एक–एक केन्द्र निर्धारण गरिएको छ ।
आगामी असार १० गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।
प्रत्येक परीक्षा केन्द्रमा एक–एकजना केन्द्राध्यक्ष, एक हजार ९६० जना सहायक केन्द्राध्यक्ष, २२ हजार ९१३ निरीक्षक, एक हजार ५७४ कर्मचारी, दुई हजार १७५ कार्यालय सहयोगी र ११ हजार ९१६ जना सुरक्षाकर्मी गरी कुल ४१ हजार ५३२ जना परिचालन गरिएको छ ।

Comments

comments

<-- Google Analytics -->