असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

कलिला हातमा पार्टीको झण्डा !

काठमाडौँ, ४ असार । निर्वाचनका क्रममा बालअधिकार उलघंन्का विभिन्न घटना हुने क्रम रोकिएको छैन । एकातिर बन्द हडताल र चुनावी कार्यक्रमका कारण विद्यालयहरुमा पठन पाठन बन्द भएका छन् भने अर्काेतिर राजनीतिक दलले प्रत्यक्षरुपमा जुलुश र र्यालीमा बालबालिकाको प्रयोग गरेका छन् । यसरी बालबालिकालाई प्रयोग गर्नमा प्रमुख दल पनि उत्तिकै जिम्मेबार देखिएका छन् ।
बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजपक) का अध्यक्ष कृष्ण सुवेदी सरकारले २०६८ सालमा घोषणा गरेको विद्यालय शान्ति क्षेत्रसम्बन्धी निर्देशिकाकाके कार्यान्वयनमा सबै दलको प्रतिवद्धता आएपनि व्यवहारमा त्यसको उलघंनका घटना नरोकिएको बताउनुभयो । बाल केन्द्रित अनुगमनका क्रममा इलाम पुग्नुभएका चाइल्ड नेपालका पनि अध्यक्ष रहेका सुवेदीले इ नेपलीखबरसँग भन्नुभयो, “कलिला बालबालिकालाई निर्वाचनमा प्रयोग गर्नु मानवअधिकारको विश्वव्यापी मान्यता र निर्वाचन आचारसंहिता विपरित हो । यसलाई रोक्न सबै पक्षको सहयोग आवश्यक छ ।”

कस्ता छन् निर्वाचनसँग सम्बन्धित राजनीतिक गतिविधिमा हुनसक्ने बालअधिकार हनन्का क्रियाकलाप ?
निर्वाचन पूर्वका समयमा
बालबालिकालाई प्रत्यक्ष रुपमा संलग्न गराउने कार्यहरुः
१. बालबालिकालाई राजनीतिक दल वा उम्मेद्वारको जुलुस, ¥याली, प्रचार प्रसार आदि कार्यमा संलग्न गराउने ।
२. बालबालिकालाई राजनीतिक दल तथा उम्मेद्वारका सभा सम्मेलन आदि कार्यहरुमा कलाकार, वक्ता वा अन्य रुपमा प्रयोग गर्ने वा सहभागी गराउने ।
३. बालबालिकालाई उम्मेद्वार तथा राजनीतिक दलले निर्वाचन र राजनीतिक प्रयोजनका विभिन्न कार्यहरुमा श्रमिकको रुपमा कार्य गराउने । जस्तैः पर्चा पोष्टर टाँस्ने, बोक्ने, पाल टाँग्ने, खाना बनाउने, बिजुलीको काम गर्ने, भाँडा माझ्ने, पानी ल्याउने, खुवाउने कार्य आदि ।
४. बालबालिकामाझ परिवार वा समुदायको राजनीतिक तथा साम्प्रदायिक आस्थाको आधारमा द्वन्द्व सृजना गर्ने तथा हुल हुज्जत गर्ने गराउने कार्यमा प्रयोग गर्ने ।
५. निर्वाचनका सहभागी तथा विरोधी पक्षहरुले बालबालिकालाई हतियार ओसार पसार तथा बोक्ने कार्यमा प्रयोग गर्ने ।
६. निर्वाचन वहिष्कारका सन्दर्भमा वा राजनीतिक दलका प्रतिनधिहरुले बालबालिकालाई मतदाता आउने मार्गहरु अवरुद्द गर्न लगाउने, मतदातालाई अल्मल्याउने जस्ता कार्यमा प्रयोग गर्ने ।
७. विशेष राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार वा वहिष्कारका लागि विद्यालयमा रहेका विद्यार्थीहरुको समिति तथा समूह गठन गर्ने र परिचालन गर्ने ।
८. बालबालिकालाई निर्वाचन बहिष्कार वा प्रतिस्पर्धी उम्मेद्वारहरुको पोष्टर पर्चा च्यात्न लगाउने  ।
९.बालबालिकालाई निर्वाचन उद्देश्यले जासुसी, खबरी, सुराकी, सूचना वाहक तथा विरोधी समूहका रुपमा प्रयोग गर्ने ।
१०. बालबालिकालाई चन्दा संकलनका कार्यमा प्रयोग गर्ने ।

बालबालिकाले प्रयोग गर्ने स्थान आदिलाई प्रभावित पार्ने कार्यहरु :
१. विद्यालय र विद्यालय हाताभित्र आमसभा, माईकिङ्ग र निर्वाचनका अन्य प्रचारका कामहरु गर्ने गरिएको ।
२. विद्यालय तथा शैक्षिक संस्थाको भित्ता वा पर्खालमा कुनै पनि किसिमको पर्चा टाँसिएको वा राजनीतिक दल तथा उम्मेद्वारका पक्षमा तथा विरोधमा भित्तेलेखन गरिएको ।
३. विद्यालयका भौतिक तथा शैक्षिक सामग्रीहरुको प्रयोग गरिएको, विद्यालय हातामा राजनीतिक दलहरुले निर्वाचन कार्यक्रमहरु आयोजना गरेको ।
४. विद्यालयमा गरिएका राजनीतिक तथा निर्वाचनका कार्यक्रमहरुका कारण विद्यालयका भौतिक सम्पतिमाथि क्षति पुगेको – जस्तै डेक्स, बेन्च आदिमा हुन पुगेको नोक्सानी ।
५. राजनीतिक दल तथा उम्मेद्वारका पक्षधरहरुमाझ भएका झडप तथा द्वन्द्वका कारण विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमाथि धम्की, कुटपिट र अन्य हानी नोक्सानी पुगेको ।
६. विद्यालयका शिक्षकहरुलाई राजनीतिक दल तथा उम्मेद्वारको पक्षमा प्रचार प्रसारमा संलग्न गराएको कारण पठनपाठनमा असर पारेको ।
७. विद्यालय नजिकका स्थानहरुमा आमसभा लगायत सभा सम्मेलनहरु आयोजना गरी विद्यालयको नियमित पठनपाठनलाई असर परेको ।
८. राजनीतिक कारणले बालबालिकाले पाउनुपर्ने आधारभूत सेवा तथा आपतकालीन सेवाहरु जस्तै स्वास्थ्य, खानेपानी, खाद्यान्न आदिको उपलब्धतामा अवरोध पु¥याइएको ।
९. राजनीतिक दल तथा उम्मेद्वारका प्रतिनिधिहरुले मतदाताहरुलाई आप्mना सन्तानको कसम खाने तथा धर्म भाक्न लगाई मत पक्का गरेको ।
१०. निर्वाचन प्रयोजनका लागि भनी निर्वाचन आयोगद्वारा तोकिएका दिन बाहेक पनि विद्यालय बन्द गरिएको र त्यसबाट बालबालिकाको नियमित पठनपाठनमा असर परेको ।
११. विद्यालय परिसरभित्र नै निर्वाचन कार्यालय खडा गरिएको र त्यसले विद्यालयको नियमित पठनपाठन र विद्यार्थीहरुलाई नकारात्मक असर पारेको ।
१२. बालक्लब वा समूहका भवन वा कोठाहरुलाई जबर्जस्ती कब्जा गर्ने र ती स्थानहरुलाई कुनै पनि उद्देश्यका निमित्त प्रयोग गर्ने ।

निर्वाचनको दिनमा हुन सक्ने बालअधिकार हननहरु :
१. बालबालिकालाई निर्वाचन केन्द्रमा मतदाताको रुपमा प्रयोग गर्ने ।
२. बालबालिकालाई वयस्क मतदाताको सट्टामा वा फर्जी मतदाताको रुपमा प्रयोग गर्ने ।
३. बालबालिकालाई निर्वाचन चिन्ह, दल, राजनीतिक समूह आदिको संकेत अंकित टि—सर्ट, टोपी, स्टिकर टाँस गरी वा शरीरका कुनै पनि अंगमा त्यस्तो चिन्ह अंकित गराई वा ट््याटु बनाई परिचालन गरिएको ।
४. निर्वाचन केन्द्रमा वयस्कको सट्टामा बालबालिकालाई लाइनमा बस्न लगाइएको ।
५. निर्वाचन केन्द्र र त्यसका वरपर बालबालिकालाई हुल हुज्जत, झै—झगडा तथा द्वन्द्व सृजना गर्न प्रयोग गरिएको ।
६. निर्वाचन केन्द्र वरपर विभिन्न कारणले पुगेका बालबालिकामाथि हिंसा, कुटपिट, डर, त्रास तथा धम्की र अश्लील गालीगलौज गरिएको ।
७. निर्वाचन केन्द्र राखिएका विद्यालयको भौतिक संरचना तथा सामग्रीहरुमाथि क्षति पु¥याइएको ।
८. निर्वाचन केन्द्र राखिएका विद्यालयको वातावरणलाई सफा सुग्घर नराखिएकोर शौचालयहरुको सरसफाई नगरिदिएको ।
९. निर्वाचनका सन्दर्भमा उम्मेद्वार, राजनीतिक दल तथा उनीहरुका प्रतिनिधिले बालश्रमको प्रयोग गरेको ।
१०. बालबालिकाले प्रयोग गर्ने भौतिक सम्पत्तिहरु डेक्स बेन्च आदि तोडफोड गरिएको ।

निर्वाचन पश्चात् हुन सक्ने बालअधिकार हनन्का घटनाहरु

१. विजय जुलुस, ¥याली आदिमा बालबालिकालाई संलग्न गराइएकोे ।
२. विजय सभा आदिमा बालबालिकालाई कलाकार, वक्ता, नारावाजी, स्वयंसेवक आदिको रुपमा प्रयोग गरिएको ।
३. विजय ¥याली, सभा तथा यससँग सम्बन्धित कार्यहरुमा बालबालिकालाई श्रमिकको रुपमा प्रयोग गरिएको ।
४. निश्चित परिवार, समुदायका बालबालिकामाथि (विपक्षी वा आफूलाई भोट नहालेको निहुँमा) अपहेलना, हिंसा, कुटपिट, बेइज्जती गरेको ।
५. विजय सभा तथा ¥यालीका लागि विद्यालय बन्द गरेको, विद्यालयको नियमित पठनपाठनमा प्रभावित पार्ने गरी शिक्षक विद्यार्थीहरुलाई सहभागी गराएको ।
६. विद्यालय समयमा नै विद्यालय हाता, परिसर तथा विद्यालय नजिकैका स्थानहरुमा आमसभाहरु आयोजना गरी पठनपाठनमा अवरोध भएको ।
७. विजय जुलुस आदिका क्रममा अर्को उम्मेद्वारलाई गाली बेइज्जती गर्न, हुल हुज्जत तथा द्वन्द्वमा बालबालिकालाई उक्साउने, प्रयोग गर्ने गरिएको ।

(स्रोत ः केन्द्रीय बालकल्याण समिति)

Comments

comments

<-- Google Analytics -->