असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

रियो ओलम्पिकमा ५ नयाँ खेल थप, ३३ खेल आयोजना हुने

काठमाडौं, २० साउन ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले ५ नयाँ खेल थप्ने निर्णय पारित गरेको छ ।

यससँगै सन् २०२० मा हुने टोकियो ओलम्पिकमा ३३ खेल आयोजना हुने भएको छ । ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुनुअघि आइओसीको १२९ औं बैठकले उक्त निर्णय गरेको हो। 

जापानको टोकियोमा हुने ओलम्पिकका लागि आइओसीले कराँते, स्केटबोर्ड, स्पोर्ट्स क्लाइम्बिङ, सर्फिङ र बेसबलरसफ्टबल गरी ५ नयाँ खेल थप गरेको हो। ओलम्पिक अजेण्डा २०२० अन्तर्गत टोकियो २०२० अर्गनाइजिङ कमिटीले ५ नयाँ खेल थप्ने प्रस्ताव गरेको थियो।

नयाँ खेल थपिएसँगै त्यसमा १८ इभेन्ट र ४७४ खेलाडी समेत थपिने आइओसीले जनाएको छ। भोलिबाट सुरु हुने रियो २०१६ मा भने २८ खेल समावेश छन्।

Comments

comments

<-- Google Analytics -->