असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

रियो ओलम्पिकः आज नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै

काठमाडौं, २५ साउन ।
ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा आज नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आज हुन लागिएको प्रतिस्पर्धामा तीनै जनाको अग्नि परीक्षा मानिएको छ ।

जारी ओलम्पिकमा मंगलबार नेपालका जुडो, आर्चरी र पौडी खेलका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । मंगलबार जुडोकी फुपुल्हामु खत्री, आर्चरीका जित बहादुर मोक्तान र पौडीका शिरिष गुरुङले नेपालको प्रतिनिधि गर्दै छन् ।

आर्चरीतर्फ जितबहादुर मोक्तानले दोस्रो चरणको खेलमा भारतका अतनु दाससँग खेल्दैछन् । पहिलो चरणको खेलमा खासै उत्साहजनक प्रदर्शन गर्न नसकेका मोक्तानले आज प्रदर्शन सुधार्ने अपेक्षा गरेका छन् । मोक्तानका प्रतिद्वन्द्वी अतनु दास भने वरियतामा पाँचौ स्थानमा छन् ।

आजै जुडोकी खेलाडी फुपु ल्हामु खत्रीले महिला ६३ केजी मुनीको तौल समूहमा खेल्दैछिन् । पहिलो चरणमा फुपुले क्यूवाकी खेलाडी मारिसेट इस्पीनोजासँग खेल्दैछिन् । आजै राति पौडी खेलाडी शिरीष गुरुङले पुरुष सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् ।

Comments

comments

<-- Google Analytics -->