असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

रोनाल्डो चम्किएसंगै डर्बी रियलले जित्यो खेल

काठमाडौंं, ५ मंसिर ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–० ले हराएको हो ।

रोनाल्डोले २३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा रियल मड्रिडले १–० को अग्रता लियो । ७१ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । ७७ औं मिनेटमा रोनाल्डोले आफ्नो खेल जीवनको ३९ औं ह्याट्रिक पूरा गरे ।

जितसँगै शीर्ष स्थानको रियल मड्रिडलले अंक दूरी पनि लम्ब्याएको छ । उसको १२ खेलबाट ३० अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिड बार्सिलोना भन्दा चार अंकले अघि छ । रियल मड्रिसँग पराजित भएको एथ्लेटिको मड्रिड १२ खेलबाट २१ अंकसहत पाँचौं स्थानमा छ ।

रियल मड्रिडको जितमा ह्याट्रिक गरेका रोनाल्डो चम्किए । उनले यो सिजन ला लिगामा अहिलेसम्म ८ गोल गरेका छन् । बार्सिलोनाका लियोनल मेस्सी र लुइस स्वारेजले पनि ८ गोल गरेका छन् । रोनाल्डोले यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी १६ खेलमा १७ गोल गरेका छन् ।

Comments

comments

<-- Google Analytics -->