असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

इंग्लिस प्रिमियर लिगमा चेल्सीको लगातार ११ जित

काठमाडौं, २ पुस ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको छ । चेल्सीका लागि खेलको ४३ औँ मिनेटमा डिएगो कोस्टाले गोल गरे ।

लिगमा शीर्ष स्थानमा रहेको चेल्सीको जितसँगै ४३ अंक भएको छ । यो चेल्सीको लागातार ११ औं जित हो । चेल्सीका लागि विजयी गोल गरेका कोस्टाले यो सिजन १३ गोल गरिसकेका छन् ।

प्रिमियर लिगमा शनिबार नै राती पौने ९ बजे मिडल्सब्रो र स्वान्सी, लिसेस्टर सिटी र स्टोक, सण्डरल्याण्ड र वाटफोर्ड, वेष्टहाम र हल सिटीबिच खेल हुने छ । यस्तै सवा ११ बजे म्यानचेष्टर युनाइटेडले वेष्टब्रोमसँग खेल्ने छ ।
एजेन्सीको सहयोगमा

Comments

comments

<-- Google Analytics -->